खोटाङ/लागूऔषध (गाँजा) मुद्दामा फरार रहेका पश्चिमी गाविस डिकुवा–२ का ८३ वर्षीय नरबहादुर मगर र उनका भाइ ७५ वर्षीय हर्कबहादुर मगर पक्राउ परेका छन् ।लागूऔषध मुद्दामा एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना भुक्तानी गर्न बाँकी मगर दाजुभाइलाई १५ वर्षपछि पक्राउ गरिएको हो । अदालतमा मुद्दा दायर हुनासाथ फरार रहेका मगर दाजुभाइलाई घरमा आएको समयमा आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दाजुभाइलाई सोमबार जिल्ला अदालतमा हाजिर गराएर सोही दिन साँझ कारागार चलान गरिएको डिएसपी मनोजकुमार यादवले जनाएका छन् ।
पक्राउ परेका मगर दाजुभाइसहित छ जनालाई जिल्ला अदालतले २०५९ असोज १ गते एक÷एक वर्ष कैद र पाँच÷पाँच हजार जरिवाना हुने पैmसला सुनाएको थियो । फरार रहेकामध्ये चारजनाको मृत्यु भइसकेको छ ।जीवित रहेका मगर दाजुभाइबाट कैद तथा जरिवाना भुक्तानीका लागि अदालतले गत साउन २५ गते प्रहरी कार्यालयमा फरारको लागत किताब पठाएको थियो । अदालतको किताबका आधारमा यसअघि निर्दोष रहेका डिकुवा–६ का नरबहादुर मगरलाई गत पुस २४ गते प्रहरीले पक्राउ गरेको थियो ।अदालतको फरार लागत किताबका आधारमा पक्राउ गर्दा निर्दोष रहेका व्यक्ति परेको थाहा पाएपछि माघ ८ गते साँझ उनलाई छाडिएको थियो । पुस २९ गते कारागार चलान भएका निर्दोष मगरलाई अदालतको पत्रका आधारमा कारागारले छाडेको हो ।
निर्दोष व्यक्ति पक्राउ पर्नुमा आपूmहरूको कुनै गल्ती नरहेको डिएसपी नवीनकिशोर प्रधानले बताए । ‘अदालतले उपलब्ध गराएको किताबमा डिकुवा–६ का नरबहादुर मगर नै भनेर लेखिएको छ ।’ उनले भने, ‘सोही किताबका आधारमा खोजी गर्दा नामथर मिलेकाले उनलाई पक्राउ गरिएको हो । यसमा प्रहरीको कुनै गल्ती छैन ।’निर्दोष व्यक्ति पक्राउ परेर कारबाही भोग्नुमा प्राविधिक त्रुटि भएको अदालतले स्वीकार गरेको छ । दोषी ठहरिएका व्यक्तिको ठेगाना डिकुवा–२ हुनुपर्नेमा भुलवश डिकुवा–६ लेखिएकाले निर्दोष व्यक्ति परेको अदालतको भनाइ छ ।
पुरानो मुद्दाका दोषीको तीनपुस्ते तथा फोटो नहुनाले पनि समस्या भएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार डिकुवा–२ का नरबहादुर थापामगर हुन् भने डिकुवा–६ का नरबहादुर गर्वुजामगर हुन् । गर्वुजामगरले आपूm निर्दोष रहेको जानकारी गराउँदासमेत प्रहरीले जबर्जस्ती पक्राउ गरेको बताएका थिए ।प्रहरीले नाम र थर मिलेकै आधारमा निर्दोष व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्नु मानवअधिकार हनन भएको अधिकारकर्मीले बताएका छन् ।