तरहरा / पुरानो रिसिईवी साध्न इटहरी १५ मा छुरा प्रहार गरी हत्या गर्ने इटहरी १५ का जयनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । मधेली गाविसका २१ वर्षिय रिजन भन्ने दिलकुमार चौधरीको छुरा प्रहार गरी फरार रहेका उनलाई इलाका प्रहरी कार्यलय पकलीले सोमवार राती इनरुवाबाट पक्राउ गरेको हो ।
पुरानो रिईवी जयनारायणले दिलकुमारको हत्या गरेको फरार भएका थिए । तर जयनारायणलाई भने प्रहरीले २४ घण्टा नवित्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर शान्तीराम कार्कीले हत्यारालाई २४ घण्टा भित्रै पक्राउ गरेको वताए । मृतक दिलकुमार आईतवार साझमा दिलकुमार आफ्नो भाउजुको घरमा आएका थिए । त्यसै क्रममा केहि महिना अगाडीको रिसिईवीलाई लिएर जयनारायणले दिलकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको उनलाई कर्तब्य ज्यान मुद्धामा मुद्धा दायर गरेको प्रहरीले जनाएको छ ।