काठमाडौं/नेपाल विद्युत प्राधिकरणले घाटा बढ्दै गएको भन्दै पुनः विद्युत महसुल बृद्धिको प्रस्ताव गरेको छ ।
७ महिनाअघि महसुल बढाइएपनि अझैं घाटा भइरहेको भन्दै महसुल बढाउन प्राधिकरणले विद्युत महसुल निर्धारण आयोगसमक्ष प्रस्ताव गरेको हो गत असारमा आयोगले २० प्रतिशत महसुल बद्धि गरेको थियो । विद्युत महसुल निर्धारण आयोगका अध्यक्ष जगत भुषालले प्राधिकरणले महसुल बृद्धिको लागि प्रस्ताव गरेको बताए ।