महेन्द्रनगर/ भरौल कालाबञ्जारको जगन्नाथ डेडराज जनता माविमा वार्षिक रुपमा सञ्चालन हुँदै आएको खेलकुद सप्ताह समापन भएको छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक आशाराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा कक्षा १ देखि १२ सम्मको विभिन्न खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।कक्षाअनुसार छात्रछात्रालाई छुट्टाछट्टै खेलमा सहभागी गराइएको थियो । कक्षा १ को लागि चकलेट दौड, २ र ३ लाई सय मिटर दौड, ४ र ५ लाई १०० मिटर दौड, ४ र ५ का छात्रातर्पm म्युजिकल चेयर, ६, ७ र ८ का छात्रछात्रालाई १०० र ४०० मिटर दौड, हिसाब दौड, छात्रालाई म्युजिकल चेयर, कक्षा ९ र १० का लागि १०० मिटर, ८०० मिटर दौड, हाइजम्प लङजम्प, ज्याब्लिङ थ्रो, सटपुट, कबड्डी, ट्रिपल जम्प, ११ र १२ का लागि १०० र ८०० मिटर दौड हाइजम्प, लङजम्प, ज्याब्लिङ थ्रो, कबड्डी, भलिबल, ट्रिपल जस्ता खेलकुद भएका थिए । हाउसवाइज र सङ्कायस्तरीय भलिबल खेल खेलाइएको थियो । कार्यक्रममा ३ सय ५० विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।विद्यालयले हरेक वर्ष खेल सप्ताह सञ्चालन गरेको प्रधानाध्यापक हिरामणि पौडेलले बताए । समापन कार्यक्रमको सञ्चालन शिक्षक भिखन चौधरीले गरेका थिए भने स्वागत मन्तव्य सहप्रधानाध्यापक योगराज पौडेलले राखेका थिए ।समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, अभिभावकहरुको उपस्थिति थियो । मतदाता नामावली सङ्कलनमा वञ्चित यस्तै निर्वाचन आयोगले पछिल्लो समयमा गरेको फोटोसहितको मतदाता नामावलीमा जनशक्तिको कमि र समयको अभावका कारण महेन्द्रनगरमा २ सय २३ जनाले फारम भरे पनि मतदाताको नामावली सङ्कलन हुन सकेन । पौष १९ र २० गते भएको मतदाता नामावली सङ्कलनमा १९ गते ५९ जना र २० गते ६८ जना गरी जम्मा १ सय २७ जनाले फोटो खिचेका थिए भने २ सय २९ जनाले फारम मात्र भरेका छन् । अन्य थुपै्र जना फारम भर्नबाट वञ्चित रहेका छन् । एक थान कम्प्युटर र एकजना जनशक्ति मात्र भएको नामावली सङ्कलनमा आपूmले फारम मात्र भरी दर्ता गर्न नपाएको गुनासो सर्वसाधारणले राखेका छन् । जनशक्तिको कमी र स्रोत–साधनको कमीका कारण आपूmले पाएको अधिकारबाट वञ्चित हुनु परेको उनीहरुको गुनासो छ । कविता वाचन प्रतियोगिता सम्पन्न यसैगरी सुनसरीको महेन्द्रनगरमा नमूना युवा महिला तथा किशोरी संस्थाको आयोजना र सेवक नेपालको सहयोगमा ‘नारीको भूमिका’ शीर्षकमा छात्रा विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता भएको छ । संस्थाकी अध्यक्ष सुनिता खातुइको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पारालिगल गाउँ इकाइ कमिटी महेन्द्रनगरकी अध्यक्ष दुर्गा गुरुङ थिइन् भने विशिष्ट अतिथि सेवक नेपालका अनुगमन सुपरभाइजर अशोक थापा थिए । प्रतियोगितामा महेन्द्र उच्च मावि, महेन्द्र मावि, वसन्तऋतु मावि, कोशी मावि, जनक मावि र भानु निमाविका १८ जना सहभागी थिए । प्रथम वसन्तऋतु माविकी निशा थापा, द्वितीय कोशी माविकी सिर्जना घिमिरे, तृतीय भानु निमाविकी अस्मिता श्रेष्ठ र सान्त्वना महेन्द्र माविकी सन्ध्या कालिकोटे भएका थिए । लायन्स क्लबद्वारा सिरक र स्लिपिङ ब्याग वितरण यस्तै लायन्स क्लब अफ सुनसरी कोशी रिभर महेन्द्रनगरको आयोजनामा असहाय, गरीब दुःखीलाई चिसोबाट राहत प्रदान गराउने उद्देश्यले ४० वटा सिरक र १५ वटा स्लिपिङ ब्याग वितरण गरिएको छ । लायन्स क्लब अफ सुनसरी कोशी रिभर महेन्द्रनगरका अध्यक्ष कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रथम उपाध्यक्ष लीलाकुमार ढुङ्गेल थिए । महेन्द्रनगर गाविसभित्रका असहाय, गरीब, निम्न वर्गलाई लक्षित गरी ती सामग्री वितरण गरिएको थियो ।