ताप्लेजुङ / सेवा ग्राहिको बढि चाप रहने ताप्लेजुङका चार वटा सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले बुधबार छड्के जाँच गरेको छ । कार्यालयमा कर्मचारीकै कारण सार्वजनिक सेवामा प्रभाव परेको, कर्मचारीको अनियमितता बढेको लगायत जनगुनासो बढेपछि जिल्ला मालपात कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला नापि कार्यालय र सिचाई विकास डिभिजन कार्यालयमा प्रसासनले छड्के जाँच गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताए ।

छड्केका क्रममा मालपोत कार्यालयमा तीन जना कर्मचारी अनुपस्थित पाईएको थियो भने आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख हरिन्द्र शाह बिना जानकारी चार दिन देखि कार्यालयमा हाजिर नभएको पाईएको अनुगमनमा संलग्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका ईन्द्र श्रेष्ठले बताए । यस्तै जिल्ला नापि कार्यालयमा दरबन्दि अनुसारका कर्मचारी नभएको भेटिएको थियो भने सिचाई विकास डिभिजन कार्यालयमा कार्यालय प्रमुख एक दिन देखि बिदामा बसे पनि सवारी चालक बिना जानकारी कार्यालयमा हाजिर नभएको भेटिएको श्रेष्ठको भनाई छ । अनुगमनका क्रममा कार्यालयमा कर्मचारीको हाजिरी, कार्यालयको पोसाक र परीचय पत्रको छट्के जाँच समेत गरीएको उनको भनाई छ । अनुगमनमा अनियमितता भेटिएका कार्यालयमा अनियमितताको कारण खुलाई प्रशासनमा हाजिर हुन कर्मचारीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताए । अनुगमनमा प्रशासन कार्यालयका नायव सुब्बा ईन्द्र श्रेष्ठ सहित सुरेस अधिकारी, कुलमणि दाहाल लगायतको टोलि खटिएको थियो ।