
धरान / भ्याट क्रेडिट अनुसार स्टोक बढी देखिएपछि धरानको आन्तरिक राजश्व कार्यालयले धरान(९ पुतलीलाइनस्थित महालक्ष्मी इलेक्ट्रोनिकलमा अनुगमन गरेको छ ।
तर, इलेक्टोनिकल सञ्चालकले कागजपत्र तथा स्टोक अनुगमनमा अवरोध पुर्याएका छन् । कार्यालयले चालुवर्षको अडिटको लागि कर अधिकृत अनमोलकुमार दाहालको नेतृत्वमा महालक्ष्मीमा अनुगमन गरेको थियो । अनुमगन गर्नु पूर्व पसल सञ्चालकलाई पत्र दिएर अनुगमन गरिएको कर अधिकृत दाहालले बताए । ‘यस्तो अनुगमनमा तत्कालै पत्र दिएर तत्कालै अनुगमन गर्ने गरिन्छ ।’ उनले भने । पत्रमा आवश्यक सहयोग गरिदिनुहोला भन्दै पत्राचार गरिएको हुन्छ ।
‘उनीहरुलाई स्टक देखाइने, खातापाता देखाइदिए हामीलाई पुग्छ ।’ उनले भने, ‘तर, सुरु गर्न लाग्दा नै हाम्रोमा मात्रै चेकिङ गरिन्छ भन्दै अवरोध पु¥याउन खोज्नुभयो ।’ सञ्चालक भगवानदास अग्रवाल (भरत) ले सटर बन्द गरेर काममा असहयोग गरेको अनुगमनमा खटिएका अधिकृत दाहालले बताए ।
सञ्चालक अग्रवालले भने आफ्नो पसलमा मात्रै वर्षको सातपटकसम्म चेकिङ गर्न आउने गरेको बताए । ‘हामीले महिनावारी ट्याक्स दिइरहेको छ । तर, पनि तीन तीन महिनामा आएर चेकिङ गरेर ह्यारेसमेन्ट बनाउने गरेको छ ।’ उनले भने । सानो व्यापारीहरुलाई अनाहकमा दुःख दिने गरेकाले पसल सञ्चालन गर्न नै वितृष्ण पैदा गरिदिएको बताए । उनले आफ्नो पसलमा ९५ प्रतिशत अपडेट हुने गरेको दाबी गरेका छन् । ‘वर्षमा पाँचसात पटक चेकिङ आयो भने तनाव हुँदैन् त ?’ उनले प्रतिप्रश्न गरे ।
अनुगमन गर्ने क्रममा कर अधिकृत दाहाल र अग्रवालको केही क्षण भनाभनसमेत चलेको थियो । जसका कारण पसलमा हेर्नेहरुको भीड लागेको थियो । अधिकृत दाहालले भने आफूहरुले कानुन अनुसार काम गर्ने गरेको बताए । ‘कानुन बमोजिम जाँदा खेरी हेर्न दिइएन् त्यसमा चाही हामीलाई दुखः लाखेको हो ।’ उनले भने । यता कार्यालयका प्रमुख धमेन्द्र मिश्रले चेकिङका क्रममा जाँदा खेरी पसले सञ्चालकलाई गलत बुझाई भएको बताए । ‘यो नियमित अनुगमन जस्तै हो । करेन्ट इयरको अडिटका लागि कर्मचारी गएको हो ।’ उनले भने, ‘यसलाई अन्यथा लिनु भएन् । सञ्चलाकले आवश्यक सहयोग गरिदिनुपथ्र्यो ।’
राजश्व विभागले तोकेको लक्ष्य अनुरुप नियमित अनुगमन हुने गरेको जस अन्तर्गत महालक्ष्मीमा गरिएको उनको भनाइ थियो । ‘तर, उहाँहरुलाई बारम्बार हामीलाई मात्रै गर्छ भन्ने लागेको रहेछ ।’ उनले भने ।