धरान / यौनधन्दा गरिरहेको अवस्थामा धरान प्रहरीले मङ्गलबार रंगेहात दुई युवा र दुई युवतीलाई धरान-१३ को एक होटलबाट पक्राउ गरेको छ । जसमध्ये एक युवतीलाई जर्वजस्ती यौनकार्यमा संलग्न गराएको प्रारम्भिक बयानबाट खुल्न आएको छ । धरान-१३ को ग्रिनहर्ट होटल एण्ड रेष्टुरेन्टबाट धरान-१४ का दीलकुमार तामाङ, र धरान-५ का यादव बस्नेतलाई पक्राउ गरेको हो । त्यस्तै तेह्रथुम आठराईकी एक महिलालाईसमेत नियन्त्रणमा लिएको छ । उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । जसमध्ये बागलुङकी एक महिलालाई जर्वजस्ती यौनकार्यमा संलग्न गराएको पाइएपछि तीनै जनालाई जिउ मास्ने बेच्नेमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई मंगलबार राति साढे ७ बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । तामाङ र बस्नेत ग्राहकका रुपमा पुगेका थिए भने तेह्रथुमकी महिलाले बेस्यावृतिमा लगाउने गरेको खुलेको डिएसपी खतिवडाले बताए । ग्रिनहर्टका सञ्चालक फरार छन् । उक्त रेष्टुरेन्टमा लामोसमयदेखि यौनजन्य गतिविधि गराउने गरेको प्रमाणहरुबाट खुल्न आएको डिएसपी खतिवडाले बताएका छन् । उक्त कोठाबाट ४७ थान प्रयोग नभएको कण्डम, र केही प्रयोग भएको अवस्थामा बरामद् गरिएको उनले बताए । सञ्चालकसँगको मिलेमतोमा बेस्यावृति गराउने गरेको प्रारम्भिक बयानका क्रममा खुल्न आएको छ ।