मुगु/मुगुको लागि नेपालगञ्जबाट उडेको गोमा एयरको ट्विनअटर विमान मगुको रारा ताल्च विमास्थलमा अवतरणको क्रममा झण्डै दुर्घटना हुनबाट जोगिएको छ । [caption id="attachment_23585" align="alignnone" width="598"] फाइल तस्बिर[/caption] विमानस्थल अवतरणको क्रममा बुधबार विहान टायर पञ्चर भएपछि दुर्घटना हुन खोजेको थियो । नेपालगञ्चबाट बुधबार विहान सवा १० बजे १५ जना यात्रु लिएर रारा विमानस्थल पुगेको थियो । नाइन एनएके जेट कल साइन नम्बरको गोमा एयर अवतरणको क्रममा पछाडी पट्टीको दायाँ टायर पञ्चर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । टायर पञ्चर भए पनि जहाज दुर्घटनाग्रस्त हुनबाट जोगिएको छ । सबै यात्रुहरु सकुसल छन् । यस बारेमा थप जानकारी लिने प्रयास गरिए पनि सम्पर्क हुन सकेन् ।