
उनले मधेसको विकासका लागि हुलाकी राजमार्ग निर्माणका काम अगाडी बढिसकेको बताए । उनले भने– ‘अब हुलाकी राजमार्ग चाँडै निर्माण हुन्छ । साथै मधेस विकासका लागि पनि भारतबाट विशेष बजेटको व्यवस्था मिलाउने प्रयास गर्छु ।’
कार्यक्रमका प्रमुख अतिथि रहेका राजदूत रेले भारतले जनवरी २६ तारिखको दिन मनाउँदै आएको संविधान दिवसको अवसरमा यस अस्पताललाई एउटा एम्बुलेन्स प्रदान गर्ने प्रतिवद्धता जनाए । उनले अस्पतालले अन्य उपकरण तथा सामग्रीका लागि प्रपोजल पेश गरे सो बमोजिम सहयोग गर्ने पनि बताए ।