तरहरा/ इन्भारो केयर कन्सर्न प्रालि र हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तरहरा क्षेत्रको राजमार्ग सरसफाइ गरिएको छ ।राजमार्ग सफाइ अभियान अन्तर्गत इटहरी–धरान सडकखण्ड तरहराबाट काम शुरू गरिए पनि सेउती खोलासम्म सरसफाइ गरिने बताइएको छ । सोमबार आयोजित सरसफाइ कार्यक्रममा इटहरी उपमहानगरपालिका, हाँसपोसा सामुदायिक वन उपभोक्ता समिति, रेडक्रस शाखा तरहरा, नेपाली सेना, नेपाल प्रहरी, क्षेत्रीय ट्राफिक प्रहरी, स्थानीयवासी, विभिन्न सङ्घसंस्था, उद्योग वाणिज्य सङ्घ, केआईसी लगायतका संस्था सहभागी रहेको इन्भारो केयरका कृष्ण सापकोटाले बताए ।