धरान/अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित बनेका डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउस चलाउनुलाई व्यवसाय चलाए जस्तो नठान्नु भन्दै कटाक्ष गरेका छन् । ओवामाले एविसी न्युजलाई दिएको अन्तरवार्ताका क्रममा ट्रम्पले अमेरिकी संस्थालाई सम्मान गनुपर्ने बताउँदै व्यवसाय चलाएर जस्तो नठान्नको लागि चेतावनी दिएका छन् । ट्रम्पले यही जनवरी २० देखि अमेरिकाको राष्ट्रपतिमा पदभार ग्रहण गर्दै छन् । उनले सासन चलाउनु र चुनाव प्रचारको अभियान चलाउनु फरक कुरा रहेको भन्दै कटाक्ष गरेका छन् । सो अन्तर्वार्तामा ओबामाले रसियाको साइबर आक्रमणको बारेमा त्यहाँका गुप्तचर संस्थाहरुको निष्कर्षलाई अस्वीकार गरेर सो साइबर आक्रमणको प्रभावको बारेमा ट्रम्पले हल्का ढंगले लिएको आरोप पनि लगाए ।