धरान/तेह्रथुमको आठराईको संक्रान्ति बजारमा भएको आगलागीबाट पीडितलाई ‘हामी साथी साथी’ समूहले सहयोग गरेको छ । sathi samuha समूहले आगलागी क्षेत्रमा पुगेर बुधबार अग्नीपीडितलाई स्वीटर, कपीकलम, पेन्सिपल र न्यानो कपडा सहयोग गरेको हो । विभिन्न विद्यालयमा पढ्ने ६० जनालाई वितरण गरेको समूहका अभियन्ता एवं गायक सुमन श्रेष्ठले बताए । समूहले विद्यालय नजाने १५ जना बालबालिकालाई सर्ट र न्यानो सुरुवाल वितरण गरेको छ । गर्भवती महिलाहरुलाई पनि न्यायो स्विटर र टोपी वितरण गरिएको छ । धरानबाट हामी साथी साथी समूहले ६० विद्यार्थी र १५ जना साना बालबालिकालाई स्विटर र न्यायो कपडा तथा झापाबाट अनिता कन्दङ्वाले विद्यार्थीहरुलाई कपि कलम तथा गर्भवती महिलाहरुलाई न्यानो कपडाको व्यवस्थापन गरेर संक्रान्ति बजार पुगेको पत्रकार एवम् समूहका सदस्य गोपाल दाहालले बताए । विभिन्न सामाजिक कार्य गर्ने उद्देश्य लिएको ‘हामी साथी साथी’ समूहले धरानको शनि मन्दिरमा साथी पार्किङ निर्माण गरिरहेको छ भने धरान र तरहराबीचको जंगलमा टेलिफोन नेटवर्कको पहुँच पु¥याउन पहल गरिरहेको छ ।