धरान/मुग्लिनदेखि पोखरासम्म पुग्ने सडकलाई चौडा बनाइने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने उक्त सडकलाइ सरकारले चार लेनको बनाउने तयार गरेको हो । pokhara मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत सरकारले चार लेनको प्रक्रिया अघि बढाएको छ । एसियाली विकास बैंक (एडिवी) को सहयोगमा ९३ किलोमिटर सडक विस्तार गर्न लागिएको छ । यसका लागि सडक विभागले विस्तृत डिजाइनिङको काम सुरु गरेको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन(पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ । उसले फिल्डमै पुगेर सडकको डिजाइन गर्ने बताइएको छ । यस सडकको लागि एडिवीले सरकारसँग सहुलियत व्याजदरमा ऋण दिने सैद्धान्तिक सहमति बनेको छ । पोखरा पुग्ने सडकलाई स्तरउन्नति गर्नको लागि ऋण दिन एडिवी तयार रहेको विभागका एक उच्च अधिकारीले जानकारी दिएका छन् । उक्त सडकको डिभाइडरको दुईतर्फ सडक ७–७ मिटरको हुनेछ । एउटा लेन ३दशमलव५ मिटरको हुनेछ ।