बेकरीमा अागलागी हुँदा ६ कामदारकाे मृत्यु
मुम्बर्इ/भारतको पश्चिमी क्षेत्रमा पर्ने पुणेमा रहेको एक बेकरीमा भएको आगलागीमा परी छ जना कामदारको मृत्यु भएको छ ।
बेकरीमा आगलागी भएका बेला उनीहरु भित्रै थुनिएकाले जलेर उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
“बेकरीको मुख्य सटर बाहिरबाट बन्द गरिएको थियो, ६ जना कामदार भित्रै थुनिए, त्यसैले उनीहरुको मृत्यु भयो,” एक प्रहरी अधिकारीले प्रेस ट्रष्ट अफ इण्डीया(पिटीआई)लाई जानकारी दिए ।
आगोले जलेपछि उनीहरुलाई हतार हतार अस्पताल लगिएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
घटनाका बारेमा थप अध्ययन अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । उनीहरुलाई बाहिरबाट भित्र थुन्नुको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । उनीहरु सवैजना उत्तर प्रदेशका रहेको बताइएको छ । रासस/एएफपी