कपिलबस्तु/सदस्यता नदिएको झोकमा नेपाल पत्रकार महासंघ आवद्ध हुन चाहाने कपिलबस्तुका पत्रकाहरुले कपिलबस्तुको शाखा कार्यालयमा तालाबन्दी गरेका छन् । talabandi कपिलबस्तुमा रहेका क्रियाशील पत्रकारहरुले शाखा कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन् । उनीहरुले संर्घष समिति गठन गरेरै सदस्यता पाउनु पर्ने माग राख्दै तालाबन्दी गरेका छन् । पत्रकार बासुदेव बर्माको नेतृत्वमा संर्घष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ति निकालेर सबै सक्रिय पत्रकारलाई सदस्यता दिन आग्रह गरेका छन् । महासंघ शाखाले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ । शाखाले केही सदस्यको सदस्यता खारेज समेत गरेको छ ।