विजयपुर/योग साधक समुह केन्द्रिय समितीले संस्थापक अध्यक्ष राजकुमार कार्किलाई सम्मान सहित बिदाई गरेको छ ।मङगलबार धरानमा भएको साधारणसभामा योग साधक समुहका संस्थापक अध्यक्ष कार्कीलाई बिषेश सम्मान गर्दैै बिदाई गरेको हो ।ब्लाष्ट टाईम्स दैनिक तथा ब्लाष्ट खबर डटकमका प्रधानसम्पादक समेत रहेका कार्किलाई प्रमुख अतिथी समुहका सल्लाहकार सुर्यशेखर श्रेष्ठले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।सम्मान तथा बिदाई समारोहमा बोल्दै योसासका संस्थापक अध्यक्ष राजकुमार कार्कीले सामाजीक सेवाको पबित्र भावनाबाट सुरु भएको योग साधक समुह जिवन्त रहनेमा आफु बिश्वस्त रहेको बताए ।
‘संस्थाप्रतिको आस्था र बिश्वासलेले मात्र उदेश्यमा पुग्न सकिने बताउदै उनले योग साधक समुहले भाबि दिनहरुमा प्रसंसनिय काम गर्नेमा आफु ढुक्क रहेको उनले बताए ।योग साधक समुहले अहिले सम्म सबैको मन र बिश्वास जितेर काम गरेको भन्दै उनले सबैको बिश्वास जितेर सामाजीक सेवाको पबित्र भावना सबैमा जगाउन सक्नु आजको आबश्यक्ता भएको भन्दै कार्कीले साधारणसभाले छान्ने कार्यसमितीलाई शुभकामना पनि ब्यक्त गरे ।समुहका सल्लाहकार सुर्यशेखर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको सञ्चालन समुहका महासचिब पर्वतमान श्रेष्ठले गरेका थिए ।
सोही कार्यक्रममा योसासका संस्थापक अध्यक्ष राजकुमार कार्कीले समुहले गर्ने हरेक सामाजिक गतिबिधिहरुमा खर्च हुने गरि श्रीमती सबिता कार्किको तर्फबाट पाँच हजार पाँच रुपैया आर्थिक सहयोग पनि प्रदान गरेका थिए । साधारणसभाको बन्दशत्रले शबनम सुब्बाको अध्यक्षतामा नयाँ कार्य समितीपनि गठन गरेको छ । समितीको उपाध्यक्षमा सुर्यशेखर श्रेष्ठ,महासचिबमा पर्वतमान श्रेष्ठ र कोषाध्यक्षमा सौभाग्य प्रकाश श्रेष्ठलाई चयन गरेको छ । साधारणसभामा समुहको नाममा सुन्दरदुलारी नगरपालिका अन्र्तगत पर्ने गोकुलम मा रहेको जग्गाा बेचेर कोष निर्माण गर्ने निर्णय भएको महासचिब पर्बतमान श्रेष्ठले जानकारी दिए ।