अष्ट्रेलिया/नेपाली युवाको सिड्नीको कङ्गारु भ्यालीमा विदा मनाउन गएको समयमा सोमबार साँझ डुबेर मृत्यु भएको छ ।

आइतबार नै अर्का नेपाली युवाले पौडी खेल्ने क्रममा ज्यान गुमाएका थिए । उनी बितेको २४ घण्टा नबित्दै अर्का युवालेसमेत ज्यान गुमाएका छन् । पौडी खेल्ने क्रममा सुजन शर्माको मृत्यु भएको हो । साथीहरुसँग पिकनिक खान पुगेका उनी रमाइलो गर्र्ने क्रममा पौडी खेल्न पुगेका थिए । उनलाई बचाउने बारम्बार प्रयास भए पनि नसकिएको उनका भिनाजु रविन सुवेदीले जानकारी दिएको खबर छ ।
शर्मालाई करिव चारघण्टापछि मात्रै उद्दार गरिएको थियो । उनी सन् २०१३ मा विद्यार्थी भिसामा अष्ट्रेलिया गएका थिए । उनको श्रीमतीसमेत रहेको छ । श्रीमतीले स्थानीय कलेजमा नर्सिङ्ग विषय अध्ययनरत रहेको भिनाजू सुवेदीले बताएका छन् । उनी काठमाडौं बौद्धको रहेको बताइएको छ ।