Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • भूकम्पपीडितका नाममा सालका रुख कटान

भूकम्पपीडितका नाममा सालका रुख कटान

alt
  • पुस १२, २०७३
  • ब्लाष्ट खबर

बनेपा/काभ्रेपलाञ्चोककको पाँचखाल नगरपालिका र महादेवस्थान गाविसमा भूकम्पपीडितका नाममा धमाधम सालका रुख काटिएका छन् ।

tree जिल्लाका पाँचखाल क्षेत्र र महादेवस्थानको हिगुवापाटी आसपासमा आज प्रहरीले झन्डै ३०० क्युफिट अवैध सालको काठ फर्निचर कारखानाबाट बरामद गरेपछि काठ काटिएको खुल्न आएको हो । ती काठको मूल्य प्रतिक्यफिट रु पाँच सय पर्छ ।

भूकम्पपीडितका नाममा काटिएका अवैध काठसहित पाँचखाल– ३ स्थित उमादेवी फर्निचर उद्योगका सञ्चालक तेजप्रसाद न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीपञ्चकन्या फर्निचर समिलका सञ्चालक रमेश क्षेत्री र अर्को फर्निचर उद्योगका सञ्चालक भने फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले लामो समयदेखि नै भूकम्पपीडितका नाममा फर्निचर उद्योगले व्यवसाय गरेको आशङ्का गर्दै बरामद भएको अवैध काठ वन कार्यालयलाई बुझाइने बताए । जिल्ला वन कार्यालय, धुलिखेलका वन अधिकृत प्रेम खनालले टाँचा नलगाइएका कारण प्रतिबन्धित सालको काठ अवैध भएको उल्लेख गर्दै काठ कटानमा इजाजत नलिइएको पनि बताए । “यो भूकम्पपीडितको नाममा बेथिति हो”, उनले भने । वन अधिकृत खनालले जिल्लाका अन्य स्थानमा पनि यस्तो क्रियाकलाप भएको हुन सक्ने जनाउँदै अब यसको गहन अध्ययन थालिने बताए । बोक्सेफेदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायणप्रसाद तिवारीले उपभोक्ता समितिको निर्णयानुसार भूकम्पपीडितलाई पाँच थान काठ काट्न स्वीकृति दिक्ष्एको उल्लेख गर्दै काठ काट्ने विषयमा इजाजत लिनेबारे आफूलाई जानकारी नभएको जिकिर गरे । सो क्षेत्रमा केही उपभोक्ताले भूकम्पपीडितको घर निर्माणका लागि आफ्नै वनको काठ काटेर कारखानामा चिराउनका लागि ल्याइएको जिकिर गरेका छन् । यस विषयमा सम्बन्धित निकायलाई भने कुनै जानकारी छैन । रासस

सम्बन्धित समाचार
आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु:प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ...

प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ

काठमाडौँ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छा ...

नेप्से परिसूचक १९.३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार सय

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक आज १९ दशमलव ३० अङ्क अ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु:प्रधानमन्त्री
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
नेप्से परिसूचक १९.३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार सय
प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला
कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी
कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी
छैटौँ चेयरमेन एमेच्योर गल्फ सम्पन्न
कटान अनुमति नलिएको काठ समितिको मिलबाट बरामद
टिपरको ठक्करबाट मोटरसाइकल सवार दम्पती घाइते
हिमाली सङ्कटः अब विश्वले सुनोस्
आजको राशिफलः २०८२ साल जेठ ५ गते सोमबार
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम
कोशी प्रदेशसभाः आजदेखि बजेट अधिवेशन सुरु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved