धरान / सातचालक दलसहित १५४ यात्रु बोकेको एक जेट एयरवेज दुर्घटना हुनबाट जोगिएको छ ।

आज दाबोलिम एयरपोर्टबाट मुम्बई जान लागेको ९ डब्लु २३७४ विमान धावन मार्गबाट उड्नै लाग्दा प्राविधिक समस्या आएको थियो । प्राविधिक समस्याका कारण विमान धावन मार्गमै चिप्लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जेट एयरवेजका अनुसार सबै यात्रु सुरक्षीत छन्। अहिले साढे १२ बजेसम्म विमानस्थल बन्द गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।