चितवन/चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा सोमबार राति भएको दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिरहा लक्ष्मीपुरका धर्मराज मण्डल छन् । प्रहरीका अनुसार घाइतेमध्ये ३ जना गम्भीर छन् । चण्डिभञ्जाङ ६ कालिखोलामा अनमोल डिलक्सको ना ४ ख ५४४२ नम्बरको को यात्रुबस सडकबाट १ सय मिटर तल झरेको प्रहरीले जानकारी दिएको छ । उक्त क्षेत्रमा अत्यधिक दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए । काठमाडौंबाट मलंगवा जान लागेको बसले ट्रकलाई ओभर टेक गर्दा घटना भएको प्रहरीले बताएको छ । घटना भएलगत्तै स्वयम् आफू घटनास्थलामा पुगि सबै घाइतेको उद्दार गरी थप उपचारा लागि भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा भारत बिहार सितागढीका मनोजकुमार कुशहवा, सर्लाहीका रामविश्वास पण्डित र नागेन्द्रराज यादव रहेका छन् ।