राजविराज / सप्तरीको मलेकपुर गाविस खुरहुरियास्थित जनता माध्यमिक विद्यालयबाट आइतबार राति ८ सेट कम्प्युटर चोरी भएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षाधारअन्तर्गत सो विद्यालयमा कम्प्युटर विषयको अध्यापनका लागि जडान गरिएको केही दिनमै कम्प्युटरहरु चोरी भएका हुन् । यसै वर्षदेखि कक्षा ९ बाट कम्प्युटर विषयको डिप्लोमा स्तरको पढाइ शुरु गरेको बताउँदै विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवले कम्प्युटर नै चोरी भएपछि पढाइ प्रभावित भएको जनाए । कम्प्युटरको मनिटर, सीपीयु, स्टेपलाइजरलगायतका सामग्री चोरी भएपछि पढाइ सुचारु गर्न नसकिएको उनको भनाइ छ ।
सप्तरीको फत्तेपुर, बरसाइन र खुरहुरियामा गरी तीन ठाउँका सामुदायिक विद्यालयमा कम्प्युटरको पढाइ सञ्चालन भइरहेको उनले जनाए । प्रधानाध्यापक यादवले आप्mनो विद्यालयमा सो कक्षामा ४८ जना विद्यार्थी रहेको बताए ।