[caption id="attachment_22379" align="alignnone" width="960"]15726879_858585214284385_1925429049489007733_n सोमबार कार्यकारी अधिकृत पोखरेलाई कारवाहीको माग गदै प्रहरी चौकी फत्तेपुरमा स्थानियवासी घेराउ गर्दै । तस्विर: खगेन्द्र कार्की[/caption]

फत्तेपुर/सप्तरीको सप्तकोशी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पोखरेलले आफ्नै कार्यालयमा कार्यरत एक महिला कर्मचारीलाई ब्लाकमेलिङ गरे पछि आईतबार राती पक्राउ परेका छन् । ती महिलाको उजुरीको आधारमा प्रहरी चौकी फत्तेपुरले आईतबार राती नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यलय राजविराजमा बुझाएको थियो । आफनै कार्यालयकी महिला कर्मचारीलाई ब्ल्याकमेल गरी यौनजन्य हिंसा गर्न खोजे पछि ती कर्मचरीका आफन्तले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । रातभर चौकीमा वसेका पोखरेलले सोमवार विहानै आफुवाट गल्ति भएको भन्दै सार्वजनिक रुपमा माफी मागे पनि चौकी घेरेर वसेका सर्वसाधारणले उनलाई कानुनी कारवाही र जागिरवाट वरखास्त गर्नुपर्ने माग गरेका थियो । स्थानियले उनलाई माफ नदिए पछि प्रहरी चौकी फत्तेपुरका सई तुलसीमान कार्कीले पोखे्रललाई सोमवारै जिल्ला प्रहरी कार्यालय पठाएका थिए । सप्तरीका प्रमुख जिल्ला अधिकारी वलदेव गौतमका अनुसार पीडित महिला, उनका आफन्त, स्थानीयवासी तथा सप्तरीका सम्पुर्ण सुरक्षा निकायका प्रमुख समेतको अगाडि आफुवाट गल्ति भएको भन्दै माफि मागेपछि पोखरेललाई छोडिएको बताए । उनले आफुवाट गल्ति भएको र आईन्दा यस्तो गल्ती गरे कानुनी कारवाही भोग्न तयार रहेको भन्दै पीडित महिलाका अगाडि हात जोडेर पुनः माफी मागेका थिए । यसका साथै पीडित पक्ष र स्थानीयवासीले भने पोखरेललाई पुनः सोही नगरपालिकामा नपाठाउन प्रजिअ गौतमलाई आग्रह गरेका छन् । राज्यको जिम्मेवार अधिकृत भएर पनि पोखरेलले सामाजिक मर्यादा उलंघन गर्ने कार्य गरेकोले उनलाई हदैसम्मको कारवाही हुने पर्ने भन्दै स्थानीवासी र राजनितिक दलले गरेको निर्णयको पुस्तिका वुझ्दै प्रजिअ गौतमले त्यस विषयमा आफुले कारवाही अगाडि वढाउने प्रतिक्रिया दिएका थिए । घट्ना विवरण अनुसार कार्यकारीले ती महिलालाई लामो समयदेखि घुम्न जान, आफूसँग नजिक बनाउन विभिन्न क्रियाकलाप गदै आएको बताइएको छ । ‘अघिल्ला कार्यकारीसँग चाही सँगै घुम्न जाने मसँगचाही किन टाडा हुने भनेर वारम्वार टर्चर दिदै आएको बताइएको छ । यस अघि असारमा पनि घुम्न जाने अफर गरेको भन्दै महिला कर्मचरीले कार्यकारीको कर्तुतबारे परिवारमा भनेर माफी माग्न लगाईएको थियो ।