विजयपुर/स्वास्थ अनुसन्धान तथा बिकास मन्च धरानले सुनसरीको श्रीपुरजब्दीको दलित तथा मुसहर बस्तिमा न्यानो कपडा तथा पाढ्य सामाग्रि बितरण गरेको छ । मञ्चका प्रबक्ता धिरेन लिम्बुका अनुसार उक्त बस्तीमा एक सय थान कम्मल,न्यानो कपडा,३० थान पाढ्य सामाग्रि बितरण गरिएको जानकारी गराए ।केन्द्रिय प्रबिधी क्यामपसका बिद्यार्थीहरुको संस्था एनसामको सह आयोजनामा भएको उक्त कार्यक्रममा श्रीपुर जब्दि गाबिसका खरिदार देब नारायण चौधरी प्रमुख अतिथी रहेका थिए ।
न्यानो कपडा तथा पाढ्य सामाग्रि खरिद गर्न कोरियाबाट आरति गुरुङको पहलमा रु २० हजार रुपैया,अमेरिका बाट कृष्ण खनालले १० हजार रुपैया, उच्च डलफिन पुर्वान्चल एकेडमीबाट नगदसहित गाडी,कपि ,पेन्शिल,जेम स्कुलबाट ५ थान सिरक,रेडक्रस बाट ५ थान कम्मल,धनकुटा छिन्ताङका जनक कुमारी राई,नर बहादुर राई ले पाँच हजार,रेडियो धरान बाट दुई हजार रुपैयाँ,कोरियामा रहेका बिजय तुम्बापो दुई हजार रुपैया,पेट्स होम धरान बाट दुई हजार पाँच सय रुपैयाँ, तथा अन्य सहयोगिहरुबाटगरि ५९ हजार ९ सय ९५ रुपैयाँ सहयोग संकलन भएको थियो ।नेपाली बुझेर पनि बोल्न नजान्ने मुसर बस्तिका बासिन्दाहरुलाई जाडोमा न्यानो कपडा दिन पाउदा खुसि लागको छ मञ्चकी कोषाध्यक्ष कामना बान्तावाले सुनाइन ।
मन्चका अध्यक्ष कल्याण राइले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिए।मन्चले आगामि दिनहरुमा खाद्य र स्वास्थ्यको क्षेत्रमा यस्ता सहयोग गर्दै जाने बताए । यसै बिच साईनो नेपालले शान्ति युवा मञ्च सुनसरीसँग सहकार्य गरेर सुनसरीको पश्चिमकुशाहामा रहेका कोशि पिडितहरुलाई ५० थान ब्लाङकेट बितरण गरेको छ ।ब्लाङकेट खरिदका लागि समाजसेवी पवन गर्ग,साइनो सञ्चार समुहका योजना ब्यबस्थापक योगेशबाबु काफ्ले,साइनो सञ्चार सदस्यहरुले ब्यक्तिगत सहयोग गरेका थिए । तस्विर उपलब्ध छ ।
                    
        
                                        
                                                                                                
        































