mirtuधरान- सुनसरीको हरिपुर गाविस–५ मा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।नाम थर पत्ता नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ४०/४५ वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ७७९३ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। मृतकको प्रकृति हेर्दा मानसिक सन्तुलन ठीक नभएको वा मागी खाने हुन सक्ने अनुमान गरिएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । रासस