तरहरा/निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकममा फुर्मासी भएको इटहरीका सर्वसाधारणले आरोप लगाएका छन् । बाक्लो बस्तीलाई बेवास्ता गर्दै बाक्लो बस्ती नभएकाम खेतखेतमा बजेट पारेको भन्दै इटहरी–१० का सर्वसाधारणले आपत्ति जनाएका हुन् ।इटहरीका अधिकाङ्श बाटोघाटो जीर्ण बन्दै गएपनि सरकारी बजेटले नछोएको सर्वसाधारणको गुनासो पाइन्छ । साविक खनार हाल इटहरी–१० का सर्वसाधारणले बाक्लो बस्तीलाई बेवास्ता गरी खेतमा बाटो बनाउन बजेट हालेको भन्दै आपत्ति जनाएका छन् ।
इटहरी–१० का अगुवा प्रकाश कोइरालाले सर्वसाधारण बस्ने बस्तीहरुमा बाटो नभएर हिँड्न समस्या भएपनि खेतमा बजेट हालेको आरोप लगाए । ‘प्लटिङवालाहरुलाई सहयोग पुग्नेगरी बजेट पारित भएकोप्रति हाम्रो आपत्ति छ’, उनले भने ।कोइरालाले मुसहरहरुको बाक्लो बस्ती भएको ठाउँमा बजेट नपारी पाँचवटा घर र खेत भएको क्षेत्रमा बजेट पार्नु शंकास्पद भएको आरोप लगाए । आप्mनो गाउँको बाटो हिँडिनसक्नु भए पनि टोलको छेउबाट खेतमा बजेट पारेको उनको गुनासो थियो ।इटहरी–१० कै यामकुमारी ढकालले आप्mनो घर तथा टोलको बाटो धेरै वर्षयता अपुरै रहेको अवस्थामा विकासको बजेट अर्को टोलबाट बाटो बनाउन लगेको भन्दै गुनासो गरिन् । लामो समयदेखि बाटो अपुरै भएको ठाउँ छाडेर अर्को बाटो लगेको भन्दै उनले निर्णय सच्चाउन आग्रह गरिन् ।
यस्तै स्थानीय अगुवा जय दाहालले पनि बाटोको कारण समस्या भएको भन्दै बाक्लो बस्ती भएको ठाउँमा बजेट नपारेर पातलो बस्तीमा पारिएको भन्दै गुनासो गरे ।फोरम लोकतान्त्रिकका इटहरी अध्यक्ष कोवितजंग कार्कीले पनि २५ लाखको बजेट झुक्याएर खेतमा हालेको आरोप लगाए । समितिको बैठकमा इटहरी–१० को कोशी राजमार्ग–गणेश मन्दिरहँुदै ज्ञानोदय निमाविसम्मको बाटो निर्माण गर्ने भने पनि अहिले चाहिँ टावरदेखि मनमोहन प्रावि स्कुलसम्मको बाटो गएपछि सर्वसाधारणले विरोध जनाएको उनले बताए । ‘जनसङ्ख्या र बसोवासको आधारमा हुनुप¥थ्यो, तर बसोबास थोरै भएको ठाउँमा ठूलो बजेट लगियो’, उनले भने । बजेट बाँडफाँडमा चित्न नबुझेको उनले बताए ।यता निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका संयोजक तथा क्षेत्र नम्बर २ का सांसद रेवतीरमण भण्डारीले भने एकातिर नगरपालिकाले विकास बजेट खर्चिरहेको कारण आपूmले जनताबाट पैसा नउठ्ने ठाउँमा बजेट हालेको बताए । गुनासोहरु आउँदै गरे पनि आपूm विकासको पक्षमा रहेकोले गुनासो गर्नुपर्ने ठाउँ नभएको उनले बताए । विकास कोषको रकम आपूmले निष्पक्षरुपमा बाँडफाँड गरेको उनको भनाइ थियो ।
पूर्वाधार विकास कोषमार्पmत् प्रत्येक निर्वाचन क्षेत्रमा ३ करोड रुपैयाँ आएको थियो । संसद विकास कोषको रकम समेत बालुवामा पानीसरह हुन पुगेको छ । कार्यकर्तालाई खुशी बनाउने बाहेक कुनै गतिलो काम हुन नसकेको इटहरीवासीले बताउँदै आएका छन् । निर्वाचन क्षेत्रका सांसदलाई ५० लाख रुपैया खर्च गर्ने अधिकार छ । इटहरी क्षेत्रबाट एमालेका प्रत्यक्ष निर्वाचित रेवतीरमण भण्डारी, माओवादी केन्द्रकी अनिता परियार, राप्रपा नेपालका रामकुमार सुब्बा र फोरम लोकतान्त्रिकका कल्पना चौधरी सांसद छ ।