धरान/हालै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको सामुन्द्रिक ड्रोन चोरी गरेको आरोप लगाएका छन् । Donald-Trump-800x533 उनले ट्विट गर्र्दै यो आरोप लगाएका हुन् । उनले यो पनि भनेका छन् कि उक्त चोरी गरेको ड्रोन आफूहरुलाई फिर्ता नचाहिने र चीनले राखोस् भन्दै व्यङ्ग्य गरेका छन् । चिनियाँ नौसेनाले दक्षिण चीन सागरबाट आफ्नो ड्रोनलाई नियन्त्रणमा लिएको अमेरिकाको दाबी छ । र, उक्त ड्रोनलाई फिर्ता गर्न चीन सहमत भएको पेन्टागनले जनाएको छ । पेन्टागनका प्रवक्ता पिटर कुकले चीन प्रशासन सम्पर्कमार्फत गरिएको जानकारी अनुसार मानवरहित सामुन्द्रिक बाहन फिर्ता गर्ने पक्षमा चीन रहेको बुझेका छौं । ट्रम्पले भने ड्रोन फिर्ता लिन अस्वीकार गर्दै आएका छन् । उनले भनेका छन्, ‘चीनलाई भन्नुपर्छ कि हामीलाई त्यो ड्रोन चाहिँदैन, जसले चोरेको थियो उसैले राखोस् ।’ ट्रम्पले यो महिनाको सुरुवातमा ताइवानका राष्ट्रपतिसँग फोनवार्ता गर्दै चीनबारे अमेरिकी नीतिलाई तोडेका थिए, जसको चीनले कडा शब्दमा विरोध गरेको थियो ।