bhansarभद्रपुर/सरकारी पोशाक नलगाएका कारण छोटी भन्सार कार्यालय भद्रपुरका कर्मचारी र व्यापारीको पहिचान नहुदा व्यापारीसंगको आपसी मिलोमतोले निरन्तरता पाइरहेको भेटिएको छ । छोटी भन्सारमा भष्टूचार र अनियमितता हुने गरेको बिषयमा पटक पटक सञ्चारमाध्यममा समाचार आएपनि कारबाही गर्ने सम्बन्धित निकायले कुनै चासो नदेखाएका कारण समस्या थप हुदै गएको हो ।

भन्सारमा हुने गरेको गतिविधि बुझ्न विहिवार भन्सार जानेत्रममा भन्सार कर्मचारीले भन्सार भित्र आफ्नै कानुन बनाएर काम गर्दै आइरहेको भेटिएको छ । भन्सार भित्र प्रवेश गर्दा भन्सारका कर्मचारी र व्यापारी छुट्याउन समस्या परेको थियो । सरकारी पोशाक भत्ता लिएका भन्सारका सबै कर्मचारी सरकारी पोशाक लगाएका थिएनन । भन्सार अधिकृत देखि सबै कर्मचारी भिन्न भिन्न पोशाकमा थिए । सरकारी पोशाक नलगाउनेमा अधिकृत दीपेन्द्र कुमार झा,कम्युटर अधिकृत पारसमणि लामिछाने,नासुहरु राजेन्द्र ढुङ्गना,खगेश्वर रेग्मी,सालिकराम ढुङ्गेल र लोकेन्द्र वम रहेका छन् ।

त्यसैगरी खरदार दीपक कुमार घिमिरे र खञ्जासी रविलाल राजवंशी कार्यालय समयमा सरकारी पोशाकमा थिएनन । कार्यालयमा रहेका पाँच जना कार्यालय सहयोगीमा लरखरे धिमाल,लाहुरे धिमाल,हरि सापकोटा,ज्ञानेन्द्र बहादुर कार्की र निर वहादुर कट्वालले पनि सरकारी पोशाक लगाएको देखिएन । सरकारले बार्षिक रुपमा कर्मचारीको पोशाक भत्ताका लागि ७ हजार ५ सय दिने गरेकोमा भन्सार कर्मचारीले सरकारी पोशाकको सोजै दूरुपयोग गरिरहेका छन् ।

पत्रकारले स्थानीय व्यापारीको सहयोगमा भन्सारका कर्मचारी चिनेका थिए । भन्सार अधिकृत झाले बन्दको समयमा सरकारी पोशाक लगाउदा निशानामा परिने भएकोले नलगाएको बताउँछन् । सरकारले दिएको रकमले एउटा कोट पनि नआउने भएकोले यसको औचित्य नभएको उल्लेख गरे । अन्य कर्मचारीले पनि मंसिरको अन्तिम दिन घर जाने भएकोले सरकारी पोशाक नलगाएको बताए । कार्यालय परिसरमा भेटिएका अर्का कर्मचारीले सरकारले तोकेको कोट सुट लगाएर पोका गन्ने काम गर्न असजिलो हुने बताए । सरकारले तोकेको पोशाक परिचय पत्र अनिवार्य कार्यालय समयमा लगाउनु पर्ने झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले बताए । अनुगमनको क्रममा नलगाएको फेला परेमा स्पिस्टिकरण सोधिने प्रजिअ खत्रीको भनाइ छ । त्यसैगरी विहिवार छोटी भन्सार कार्यालयमा ठूलो मात्रामा मोटरपार्टस भित्रिएको छ ।

मोटरपार्टस ल्याउने व्यापारी भारत पानीटकंीका राजन राय लगायतका टोली रहेका छन् । मेची भन्सार कार्यालय काकरभिट्टाबाट हुने काम रायले भद्रपुर भन्सारबाट सूरु गरेका रहेछन् । बुझदै जादा त व्यापारी रायलाई भद्रपुरमा काम गर्न सहज भएर मोटरपार्टस ल्याएको रहेछ । मोटरपार्टमा भ्याट १३ प्रतिशत सहित कम्तिमा १० देखि ३० प्रतिशत सम्म भन्सार शुल्क लाग्ने गरेको कर्मचारीको भनाई छ । तर भन्सार कर्मचारीले पोका र परिणाममा देखावटी कडाई गरेजस्तै गरी सामानको मूल्याकनमै व्यापक अनियमितता गर्दै आइरहेको एक व्यापारीले नाम नलेख्ने सर्तमा बताए । साहले मसिर १२ गते पनि हरिओम मोर्टर पार्टसको नाममा १ सय ७१ कार्टुनको १ लाख ६७ हजार ८ सय ६ रुपैया र तेटोम अटो मोबाइल्सको नाममा ३९ कार्टुनको १ लाख २१ ह्जार ८ सय ४० रुपैया तिरेर सामान लगेको देखिन्छ । उनले व्यापारी रायले काम गर्नेलाई जहा सहज हुन्छ सोहि ठाउँवाट गरिने बताए । भारतको एसएसबीका कारण मेची भन्सार लैजान नसकेकोले भद्रपुर भन्सार आएको उनको भनाई छ ।

पारिपटि मिलाउने काम अरुको भएकोले बताउदै ४२ वर्षदेखि यो काम गर्दै आएको उनको भनाई छ । उनले अर्डर लिएको फममा नासा, पशुपती,वालाजी,राहुल, विष्णु नेपाल लगायतका व्यापारीलाई सामान दिने गरेको बुझिएको छ ।