धरान/भारत सरकारले नेपालमा पाँचसय भन्दा मुनीका नोटहरुसमेत नदिने भएको छ । नेपालमा आउने साना नोटहरुसमेत नदिने तयारी रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन् । Indian money उनका अनुसार भारतीय रिजर्भ बैंकले तत्कालका लागि थप भारु दिन नसकिने जानकारी गराएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भारुको मौज्दात र आपूर्ति व्यवस्थाका सम्बन्धमा चासो राखेपछि गभर्नर नेपालले तत्काल थप भारु नआउने स्पस्ट पारेका थिए । अर्थमन्त्री महरा बुधबार राष्ट्र बैंकको निरीक्षण भ्रमणमा गएका थिए । कालोधनलाई पूर्ण रुपमा निस्तेज पार्नको लागि तयारी गरिरहेको भारतले यस अघि नै ५ सय र १ हजार रुपैयाका नोटहरु प्रतिबन्ध लगाएको थियो । थप साना नोटहरुको प्रतिबन्धले नेपाललाई थप संकट ल्याउने बैंकले जनाएको छ । भारतले हालसम्म आधिकारिक रुपमा साना नोटहरु चलाउन दिने नदिने भन्ने बारे कुनै ठोस निर्णय गरेको छैन् । तर, तत्काल साना नोटहरुसमेत दिन प्रतिबन्ध गरेको छ । अर्थमन्त्री महरालाई गभर्नर नेपालले देशको ढुकुटी राख्ने ठाउँ भत्केकाले चाँडै बनाउनुपर्नेमा जोड दिएका थिए ।