पोखरा/पोखराबाट लेखनाथतर्फ जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर गएराति विजयपुर खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी टिप्पर चालक तनहुँ शुक्लागण्डकी–१ राईपुरका २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गाडीको चालकका सहयोगी प्रेम नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । रासस