hatyaबिर्तामोड / बिर्तामोड नपा २ का ६ महिने बालक सुरज दासलाई आफ्नै वाबु देवदासले ०७२ माघ २४ गते राती सुतेकै अवस्थामा सिरकले थिचेर हत्या गरे । बिर्तामोड नपा २ की ३६ बर्षिया समन्ती राजबंशीलाई उनकै पतीले खुकुरी प्रहार गरी हत्या गरे । धेरैजसो मानवधिकार उल्लंघनका घटनामा परिवारकै सदस्य सहभागि भएको पाइएको छ । उनीहरु आफ्नै परिवारका सदस्यबाट असुरक्षित रहेको घटना बाहिर आएको छ । झापामा एकबर्षको अवधिमा भएका हत्याका यि प्रतिनिधि घटना हुन् । झापामा आफ्नै परिवारबाट हत्या भएको इन्सेकको तथ्यांकले पुष्टी गर्छ । मानवअपधिकार बर्ष पुस्तक २०१७ प्रकाशन पुर्वको समिक्षा कार्यक्रममा इन्सेक झापाले मानवधिकार उल्लंघनका घटना सार्वजनिक गरेको हो । इन्सेकले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी एकबर्षको अवधिमा झापामा ३५ वटा घटना भएको तथ्यांक सार्वजनिक गरेको छ । गतबर्ष सोही अवधिमा ६४ वटा मानवधिकार उल्लंघनका घटना भएको इन्सेक प्रतिनिधि अर्जुन बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार सन २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा झापामा १० वटा हत्याका घटना भएका छन् । एउटा अपहरणको घटना भएको प्रतिवेदनमा उल्लेख छ । बालअधिकार अन्र्तगत बलात्कारपछि एकजनाको हत्या भएको छ । त्यस्तै १६ बर्ष मुनिका ७ जना बालवालिका बलात्कृत भएका छन् । ५ जना बालवालिकामाथी बलात्कारको प्रयास भएको इन्सेकको तथ्यांकमा उल्लेख छ । महिला अधिकार अन्र्तगत ६ वटा बलात्कार र ४ वटा बलात्कार प्रयास भएका छन् । झापामा मानवधिकार उल्लंघनका घटनामा कमी आएको बस्नेतले जानकारी दिए ।