काठमाडौं/एशियाली विकास बैङ्कले २५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि दुई अर्बभन्दा बढी अनुदान उपलब्ध गराउने भएको छ ।नेपालको ऊर्जा आवश्यकता र मागलाई दृष्टिगत गरी सौर्य ऊर्जा प्रवद्र्धनका निम्ति बैङ्कले जलवायु कोषबाट उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो ।बैङ्कले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर सन् २०१८ सम्ममा उक्त क्षमताको सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणमार्पmत् अनुदान सम्बद्ध उत्पादकलाई उपलब्ध गराइने जनाएको छ ।
उक्त बैङ्कका देशीय निर्देशक केनिची योकोयामाले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको सहभागिता अभिवृद्धि र प्रोत्साहनाका निम्ति कोषबाट अनुदान उपलब्ध गराउने निर्णय भएको बताए । उनले बैङ्कको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनाको प्रगतिबारे जानकारी दिँदै मेलम्ची खानेपानी आयोजनाजस्ता विशाल परियोजनालाई बैङ्कले विशेष प्राथमिकता दिएको बताए ।