घटना ढाकाबाट करिव २ सय ३८ किलोमिटर टाढा हो । बंगलादेशमा खानामा माछा अनिवार्य जस्तै हुने गरेको छ । स्थानीय एक अस्पतालका चिकित्सक हविवुर रहमानका अनुसार माछाको कारण २३ जना बिरामी अस्पतालमा आइपुगेका छन् ।
बिरामी हुनेहरुले पत्का जातको माछा खाएका थिए । बंगलादेशमा यो जातको माछा खाने क्रममा धेरै बिरामीहरु भइसकेका छन् भने मृत्युसमेत हुने गरेको आँकडा छ ।
































