धरान /नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई लक्षित गरी पोखरामा जुत्ता प्रहार भएको छ ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको छ ।कार्यक्रममा बोल्दै गर्दा सोहि क्यामपसका २९ वर्षीय सञ्जिव भट्टराई हनु । उनी अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी भएको जनाइएको छ ।कैलाली नारायणपुर घर भएका उनले कालो झण्डा देखाउदै जुत्ता फुकालेर प्रहार गरेका हुन् । उनलाई अहिले पोखरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाएका थिए।
डा.भट्टराईमाति जुत्ता प्रहार भएपछि नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरुले जुत्ता प्रहार गर्ने सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । युनियनका बिद्यार्थीहरुले सञ्जिवमाथि हातपात गरेको र उनको कान र नाकमा सामान्य चोट लागेको बताइएको छ ।