धरान/इराकको अल–कैम क्षेत्रमा ६० जना भन्दा बढी मानिसको ज्यान जाने गरी हवाई हमला भएको छ । उक्त क्षेत्र इस्लामिक स्टेटको कब्जामा रहेको सिरियाको सीमा नजिकैको क्षेत्र हो । iraq-air-attack जसमा परी १९ जना बालबालिका र १२ जना महिला हमलामा परी मत्यु भएको चिकित्सकहरुलाई उदृत गर्दै विदेशी सञ्चारमाध्यमबाट जनाएको छ । उक्त क्षेत्रमा अमेरिकी गठबन्धन र इराकी हवाइ दस्ताले बम खसालिरहेको बुझिएको छ । सिरियामा आक्रमण भइरहँदा उक्त इराकी क्षेत्रमा समेत जेट बिमानबाट मिसाइल आक्रमण गरिएको थियो ।   बीबीसीका अनुसार पहिचान गर्न नसकिएको जेट बिमानले बग्दादबाट ३ सय किमी उत्तरपश्चिममा अवस्थित अल–कैमको मुख्य क्षेत्रलाई निसाना बनाएको थियो । इस्लामिक स्टेटसम्बद्ध अमाका न्यूज एजेन्सीले हमलामा १२० मानिस मारिएको दाबी गरेको छ ।   यस्तै अल–अरेयिबा टीभीले ७० जनाको ज्यान गएको उल्लेख गरेको छ । हमलाको कारण र मृत्युको संख्यासमेत यकिन आउन सकेको छैन् ।