pic-2धनकुटा/ प्रहरीले धनकुटा जिल्लाको विभिन्न गाविसमा कानुनी रुपमा प्रतिवन्धित गाँजा खेतीलाई निरुत्साहित गर्न फँडानी गर्न थालेको वर्षौ वित्दा पनि गाँजा खेतीलाई पुर्ण रुपमा नियन्त्रण गर्न सकेको छैन । प्रहरीले हरेक वर्ष हजारौ रोपनी जग्गामा लगाएको गाँजा फँडानी गरेर आगो लगाएर नष्ट गर्छ तर कानुनी रुपमा प्रतिवन्धित गाँजा खेती गर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेर कानुन् वमोजिम कार्वाही नगरेको कारण गाँजा खेती गर्नेको संख्या नघटेको पुष्टी हुन्छ ।

वरु अझ् प्रहरी प्रशासन पुग्न नसक्ने विकट, दुरदराजका गाउँवस्तीहरुमा झन व्यावस्थित् तरिकाले स्थानियले गाँजा खेति गरिएको पछिल्लो समयमा पाईएको छ । तर पनि प्रहरीले हरेक वर्ष गाँजा फाँड्न छोडेको छैन । धनकुटा जिल्लालाई केही वर्षयता लागुऔषधको कारोवार, ओसारपसार तथा दुव्र्यसनीको लागी टपटेन जिल्लामा नेपाल सरकार गृह मन्त्रालय लागु ओषध नियन्त्रण महाशाखाको तत्थ्याङ्ग पनि भरखरै सार्वजानिक भएको छ । हरेक वर्ष जिल्ला प्रशासन कार्यालयमा लागु औषध तथा दुव्र्यसन नियन्त्रणको लागी वजेट तथा कार्यक्रम पनि आउने गर्दछ । गृह मन्त्रालयले पनि धनकुटा टपटेनमा परेको जिल्ला भनेर केन्द्रवाट आएरै जिल्लामा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्ने गर्दछ । तर समश्या जाँहीको त्याँही रहेको छ । गाँजा खेती,लागु औषध र दुव्र्यसन जिल्ला सदरमुकाममा वसेर जति अन्तरक्रिया र सचेतना कार्यक्रम गरे पनि झन गाँजा खेती गर्नेहरु र लागु औषध प्रयोगकर्ताहरु दिनप्रतिदिन वढ्दो अवस्थामा देखिएको छ । स्थानिय प्रशासन र प्रहरी मिलेर हरेक वर्ष गाँजा फाँड्ने अभियान कात्र्तिक मंसिर लागेपछि शुरु हुन्छ र फागुन चैत्र लागेपछि विस्तारै आफै अभियान सेलाएर जान्छ । किन स्थानिय प्रशासन र प्रहरीले गाँजा जहिले पनि पाक्ने वेलामा मात्र फाँड्ने गर्दछ त ?, गाँजा कात्तिक÷मंसिरमा पाक्छ भन्ने थाहा पाउने प्रहरी प्रशासनले किन गाँजा कुन महिनामा रोप्छन अथार्त गाँजाको वेर्ना कुन महिनामा सार्छन, गाँजा खेतीको शुरु कुन महिना देखी हुन्छ भन्ने किन पत्ता लगाउँदैन ? यो विषय आम चासोको विषय भएको छ ।

आम नागरिक समाज र सरोकारवाला संघसंस्थाका अगुवाहरुले लागुऔषध तथा गाँजा खेतीलाई निरुत्साहित गर्न गाँजा खेतीको सट्टा वैकल्पिक खेतीको वारेमा सचेतना कार्यक्रम समुदायमा लानु पर्छ भनेर आवाज निकाली रहँदा प्रशासनको कार्यक्रम सदरमुकाम भन्दा वाहिर किन जाँदैन त ? । लागु औषधकर्तालाई प्रहरीले पक्राउ गर्छ मुद्धा चलाउँछ अनि २५ सय रुपयाँ धरौटी राखेर छोडि दिनाले धनकुटामा लागु औषध प्रयोगकर्ताको संख्या समेत गाँजा खेती जस्तै दिनप्रति युवा पुस्तामा वढ्दै गएको जिल्ला प्रहरी कार्यालय धनकुटाको तत्थ्याङ्गले नै पुष्टि गरिरहेको छ । पहिले पहिले गाँजा खेती कहाँ के कसरी हुन्थ्यो, कहाँ कसले कहाँ लगेर वेच्ने गर्दथ्यो भन्नेवारे आमनागरिक, स्थानिय संचारगृह र संचारकर्मीलाई त्यती पत्तो हुदैनथ्यो । तर दोश्रो संविधानसभा ताका ०७० साल मंसिर देखी गाँजा खेती र प्रहरी प्रशासनको यो यात्राले निरन्तरता पाईरहेकोछ ।

जुन वेला जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी इश्वरी प्रसाद चाँपागाँई थिए । त्यो वेला देखी प्रहरी प्रशासन र गाँजा खेती गर्नेहरु विच चलखेल समेत हुने गरेको चर्चापरिचर्चा विभिन्न संचार माध्यामवाट वेला वेलामा वाहिर आउने नगरेको भने होईन । त्यसैले हरेक वर्ष गाँजा फाडिन्छ अनि गाँजा लगाउन पनि नछोडिनुले गाँजा खेती गर्नेहरु र प्रहरी प्रशासनको गाँजा फाड्ने अभियानको यात्रामा प्रश्न चिन्न उठ्नु स्वभाविक देखिन्छ । यो वर्ष भरखरै मात्र सरुवा भएर गएका धनकुटा जिल्ला प्रहरी कार्यालय प्रमुख विभुतिराज पाण्डेको कमाण्डमा हजारौं रोपनी गाँजा नष्ट गरिएको भन्ने समचारहरु वाहिर आइसकेको छ ।

तथापी पनि गाँजा फाँड्ने काम अझै प्रहरीले छाडेको छैन । भरखरै मात्र सरुवा भएर धनकुटा आएका प्रहरी प्रमुख सुदिपराज भण्डारीको कमाण्डमा पनि मंगलवार र वुधवार धनकुटामा सयौं रोपनी जग्गामा लगाइएको गाँजा फडाँनी गरिएको छ ।प्रहरीले एस्पी सुदिप राजभण्डारीको कमाण्डमा मंगलवार छिन्ताङ गाविसको वडा नं.९ स्थित् २ रोपनी जग्गामा लागाइएको ५ सय वोट गाँजा नष्ट गरेको छ । त्यसैगरी वुधवार पनि प्रहरीले छिन्ताङ गाविसको वडा नं.९ कै माथिल्लो तित्रे र तल्लो तित्रेमा अन्दाजी ११ रोपनी जग्गामा लगाएको १ हजार ५५ वोट गाँजाको वोट स्थानिय संचारकर्मीहरुको उपस्थितिमा नष्ट गरेको छ । गाँजा खेती र गाँजा फाँडिरहने प्रहरी प्रशासनको अविराम यात्रा कहिलेसम्म सर्वत्र जनचासोको विषय धनकुटामा वनेको छ ।