काठमाण्डौ /भावी रणनीती बनाउन नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपह्न्न बस्ने भएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने बैठकले संबिधान संसोधन,स्थानिय निर्बाचन लागयतका बिषयमा आफ्नो नयाँ धारणा एमालेले बनाउन लागेको बताइएको छ ।
एमाले सचिव पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार बैठकले सडक र संसदको संघर्षको हालसम्मको मूल्यांकन गर्दै थप नीति बनाउने उनले छ ।अहिले एमाले विरुद्ध कांग्रेस,माओवादी,मधेशी मोर्चा र भारतीय दूतावासले समेत संयुक्त मोर्चाबन्दी गरेपछि आफ्नो रणनीतीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको एक एमाले नेताले बताए ।
उनले भने– अब एमालेसहित देशभक्त वामपन्थीहरु एकातिर, भारतसहित कांग्रेस माओवादी र मधेसी मोर्चा को मोर्चाँ बन्दीलाई कसरी सामना गर्ने भन्ने बिषयले प्राथमिकता पाउने छ ।