धरान/प्रा.डा. गोविन्द केसीले २२ दिनदेखि जारी आमरण अनसन आज तोडेका छन् । सरकार र डा. केसीबीच १२ बुँदे सहमति बनेसँगै डा. केसीले २२ दिनदेखि जारी रहेको आमरण अनसन तोडेका छन् ।

भूकम्पमा परेका अढार्इ बर्षीया बालिका मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग राख्दै डा. केसीले १० औं अनसन रहेका थिए ।
डा. केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल डिन नियुक्त भइसकेको छन् ।
सहमति अनुसार अब चिकित्सा एेन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् ।