कुवेत नगर/कुवेतका अमिर सेख सबाह अल–अहमाद अल–सवाहले बुधबार पदमुक्त हुन लागेका प्रधानमन्त्री सेख जबर मुबारक अल–सवाहलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आदेश दिएका छन् । कुवेतमा हालै भएको निर्वाचनमा प्रतिपक्षी दल बलियो देखिएको छ । kuwet सेख जबर मुबारक अल–सवाह सत्ताधारी अल–सवाह परिवारका वरिष्ठ सदस्य हुन् र सोमबार उनले संविधान अनुसार राजिनामा दिएका थिए ।  कुवेतको संविधान अनुसार नयाँ निर्वाचन भएपछि कायम रहेको मन्त्रिपरिषद्ले राजिनामा दिनपर्छ । उनले डिसेम्बर ११ सम्म नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्छ । सोही दिन संसदको नयाँ अधिवेश आरम्भ हुनेछ । इस्लामीहरूको बाहुल्य रहेको प्रतिपक्षीले ५० स्थानयुक्त संसदका करिब आधा स्थान प्राप्त गरेका छन् र उनीहरूले तेलको राजश्व कम भएको अवस्थामा सरकारले ल्याउने मितव्ययी उपायको विरोध गर्ने बताएका छन् । प्रतिपक्षी सांसदहरूले निर्वाचनको नतिजा अनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरे पनि ७३ वर्षीय सेख जावरलाई पुन नियुक्ति गरिएको छ । कुवेतको संविधान अनुसार निर्वाचनको नतिजा जे भए पनि प्रधानमन्त्री नियुक्त गर्ने अधिकार अमिरलाई रहेको छ । कुवेती सरकार प्रणाली पश्चिमी शैलीको बहुदलीय प्रणालीसँग मिल्दैन । सरकारी कुना समाचार संस्थाले अमिरले पूर्व प्रधानमन्त्री तथा पूर्व सभामुख मार्जुक अल गानेमसँग परामर्शपछि शेख जाबरलाई प्रधानमन्त्री नियुक्त गरेकाे उल्लेख गरेको छ । नयाँ संसदको सरकारसँग सम्बन्ध राम्रो नहुने अनुमान विश्लेषकहरूले गरेका छन् । रासस/एएफपी