-
Home
-
स्वास्थ्य
-
पुटिनको फिलनसँग ‘राम्रो सम्वन्ध’ भएको क्रेमलिनको दावी
पुटिनको फिलनसँग ‘राम्रो सम्वन्ध’ भएको क्रेमलिनको दावी
- मंसिर ८, २०७३
- ब्लाष्ट खबर
मस्को (रसिया)/रसियाको केन्द्रिय प्रशासनिक केन्द्र, क्रेमलिनले मङ्गलबार फ्रान्सको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा राष्ट्रपतिमा निर्वाचित फ्राँस्वा फिलनसँग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन निकट सम्बन्ध रहेको जनाएको छ ।
“दुई जनाबीच फ्रान्सका पूर्व प्रधानमन्त्री फिलन सरकार प्रमुख रहेको बेलादेखि नै सम्बन्ध स्थापित भएको र पछि उनीहरुबीचको सम्बन्धमा विल्कुलै राम्रो सम्बन्धमा विस्तार भएको छ, क्रेमलिनका प्रवक्ता दिमित्री पेश्काभले सञ्चारकर्मीसँग बताए।”
उनीहरुले वास्तवमै राम्रो सम्बन्ध कायम राख्नुभएको छ, पेश्कोभले बताए ।
पेश्कोभले थपे, “मस्कोले फ्राम्सको राष्ट्रपतीय निर्वाचन अन्तर्गतको “प्राइमरी” निर्वाचनलाई विशेष महत्वका साथ हेरिरहेको छ ।”
फ्रान्स रसियाको सहयोगी रहँदै आएको र आगामी दिनमा दुई देशबीचको सम्वन्ध प्रगाढ वन्ने पेश्कोभले विश्वास व्यक्त गरे ।
बेलायती पूर्वप्रधानमन्त्री मार्गेट थ्याचरका प्रशंसक रहेका फिलनले आइतबार आएको प्राइमरी निर्वाचन परिणाममा यस पहिले निकोलस सार्कोजी राष्ट्रपति रहँदा प्रधानमन्त्रीका रुपमा काम गरेका थिए । तर आइतबार फिलनले सार्कोजी विरुद्ध “आश्चर्यजनक” विजय प्राप्त गरेका छन् ।
रसियाली सञ्चारमाध्यमले यस हप्ता फिलनलाई ‘मस्कोकोे असल मित्र’का रुपमा चित्रण गर्दै उनको समर्थनमा समाचार दिएका थिए ।
फिलनलाई रसियाले सन् २०१४ मा क्रिमियालाई गाभेको र पूर्वी युक्रेनमा रसिया पक्षधर विद्रोहीद्वारा गरिएको आन्दोलनबाट टाढिएको सम्बन्धमा सुधार गर्न सक्ने नेताकारुपमा रसियामा चित्रण गरिएको छ । रासस÷एएफपी