IMG_9906

चादबेला / सरकारको मुख ताक्दा वर्षेनी वर्षा याममा हिलाम्मेबाटोमा हिड्नु परेको भन्दै सुनसरी चादबेला गाविसका वडानम्वर ४ का गाउँलेले आफ्नै लगानीमा २ किलोमिटर बाटो वनाएका छन । गाविसको भर पर्दा वर्षे देखि बाटो नबने पछि गाउँले आफै जुरमुराए ३६ फि चौडा भएको कच्ची बाटो वनाएका हुन । खेती किसान गरेर जिविकोपार्जन गदै आएका त्यहाँका स्थानीयले आफ्नै लगानीमा बाटो निमार्ण गरेका हुन । बारम्वार गाविसको मुख ताक्दा पनि बाटो नबने हामी आफै गाउँले मिलेर पैसा उठाएर बाटो वनायौ सामुदायिक बाटो घाटो निमार्ण समितिका अध्यक्ष नारायण चौधरीले भने ।

वर्षा याममा बाटो हिडिनसक्नु भए पछि अहिले हिउँदकै समयमा बाटो निमार्ण थालेको उनको भनाई थियो । समितिमा वस्नेले ७ हजार र त्यस वाहिरका स्थानीयले स्वइच्छाले हजार देखि माथी रकम दिएको उनको भनाई थियो । बजार तथा शहर जान बाटो सधै बाधक बनेको कारण स्थानीय सबैको सहकार्यमा बाटो निमार्ण गरेको स्थानीय वासी खिलाराम चौधरीले आफुले दुई हजार रुपैयाँ बाटो बनाउँन दिएको वताए । आफ्नो थोरै र अर्कोको धेरै खेती गदै आएका उनले धान बेचेर बाटो वनाउँन दिएको सुनाए । दई हजार आफ्नो लागी ठुलै पैसा भएको भए पनि बाटोको दुरदर्शा देखेर उक्त रकम दिएको जनाए । आफु हिड्ने बाटो आफै वनाउँनु पर्छ भन्दै बाटो निमार्णमा श्रमदान समेत गरेको उनको भनाई थियो ।

गाउँलेहरुले डेड लाख रुपैयाँमा बाटो निमार्ण गरेका हुन । स्थानीय अगुवा शुभलाल चौधरीले पहिला बाटो साधुरोका साथै वर्षायाममा हिडिनसक्नु भएको कारण सबै गाउँलेको सहमतीमा फराकिलो र खाल्डाखुल्डीलाई सम्म बनाई पुरेको उनको भनाई थियो । त्यसमा गिट्टी सरकारले हालीदिए हुन्थो उनले भने । गाविसमा बाटो वनाई दिनु भन्दै वारम्वार धाए पनि हाम्रो कुरा सुनेनन् त्यस पछि गाउँले भद्रभलादमीको बैठक वोलाएर बाटो आफै वनाउँने भन्ने निर्णय भए बमोजिम २ किलोमिटर बाटो निमार्ण गरेको उनको भनाई थियो । स्काईभेटरका साथै विभिन्न महंगो सामाग्री प्रयोग गरेर निमार्ण गरेको चौधरीको भनाई छ ।

गाउँलेले बाटो बनाउँदा समेत चासोको साथ सरकारी पक्षले एक पैसा नदिएको यहाँका पुरानो वासीन्दा हरिनारायण चौधरीले वताए । राज्यले उक्त गाउँलाई वेवस्ता गरीरहेको कारण आफुहरु लागी परेको वताए । राज्यले बाटो घाटो वनाई दिनु पर्ने हो तर उनीहरुले नै वनाएको बाटोमा पनि वेवस्ता गरेको देख्दा अचम्म लाग्छ उनले थपे । गाउँहरु विकसीत भईरहेको भए पनि सुनसरी जस्तो सुगम जिल्लाको अधिकांस गाउँ दुर्गम भएको उनको तर्क छ । बाटो घाटो अभावका कारण सर्वसाधरणहरुले दुख पाईरहेको भन्दै उक्त बाटो निमार्णमा स्थानीय सरकारले ध्यान दिनु पर्ने उनको माग छ ।

जिविस र गाविसले वेवस्ता गरेको चादवेला ४ का स्थानीयको गुनासो अहिले घरै पिच्छे छ स्थानीय बासी राजेन्द्र खवासले भने । खै विकास कहाँ भएको छ ? कहिले वन्थ्यो र सरकारको मुख ताक्दा हाम्रो गाउँको बाटो उनले प्रश्न गरे । बाटो अझै पूर्ण रुपमा सम्पन्न भईनसकेको भन्दै केहि टिप गिट्टीहरु सरकारी पक्षले हाल्दीनु पर्ने उनको माग छ । बाटो घाटो निमार्णमा सरकारी पक्षबाटा पनि उचित ध्यान दिदै चादबेला ४ का स्थानीयवासीलाई बाटो बनाउँन सरकारले सहयोग गरे पुग्छ । चादवेला वासीले गरेको साहसी काम अन्य ठाउँका सर्वसाधरणले पनि गर्ने कि ?