सुनसरी/सम्बन्धित निकायले ध्यान नदिँदा महेन्द्रनगर, प्रकाशपुर र रामधुनीभाषी नगरपालिकाको सीमानामा पर्ने सुनसरी पुल जोखिममा परेको छ । [caption id="attachment_19447" align="alignnone" width="1024"]pul जाेखिममा रहेकाे एउटा नपा र दुर्इ गाविसलार्इ जाेड्ने सुनसरी पुल ।[/caption] सुनसरीको प्रमुख धार्मिक तीर्थस्थल रामधुनी पुग्ने उक्त पुलको पश्चिम तर्फको भागको माटो झरेको दुई महिना बितिसक्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको हो । जसका कारण पूल जोखिममा परेको छ । महेन्द्रनगर, प्रकाशपुर र रामधुनी भाषी नगरपालिकाको सीमानामा पर्ने उक्त पुलको पश्चिमी भागमा भ्वाङ परेको दुई महिना बितिसकेको स्थानीय प्रकाशपुरका ख्यामप्रसाद नेपालले बताए । उक्त पुल भएर दैनिक दर्जनौं गाडीहरु आवतजावत गर्ने गरेका छन् । अहिले पुल जोखिममा परेकै कारण ठूला सवारीहरु गुड्न छाडेका छन् । रामधुनीभाषी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले प्रकाशपुर र महेन्द्रनगर गाविसले समन्वय गरेमा रामधुनीभाषी नगरपालिका निर्माणको लागि तयार रहेको बताए । प्रकाशपुर गाबिसका गाविस सचिव शंकर आचार्यले गाविसले मात्रै निर्माण गर्न नसक्ने बताउँदै छिमेकी गाबिससँगको समन्वयमा जिल्ला बिकास समितीलाई निर्माणका लागि अनुरोध गर्ने बताए । उनले यसबीचमा चाडपर्व परेका कारणले पनि मर्मतमा ढिलाई भएको बताए । स्थानीयवासीले पुलको माटो झर्न थालेलगत्तै जानकारी गराएका थिए । तर, सम्बन्धित स्थानीय निकायहरुले चासो नदेखाएको महेन्द्रनगरका पूर्व गाविस अध्यक्ष बद्री घिमिरे बताउँछन् । उनले राजनीतिक दलहरुले यसप्रति कुनै चासो नदेखाएकालेसमेत मर्मतमा अन्य निकायहरुको ध्यान नगएको हुन सक्ने बताए । जनतासँग भोट माग्ने बेलामा राजनीतिक दलहरुको विकासे सक्रियता धेरै हुने भए पनि यस्ता बेलामा भने चासो नदिएको स्थानीयको गुनासो छ । थोरै खर्चमा मर्मत हुने भए पनि स्थानीय निकायहरुको ध्यान नजाँदा भगवान रामचन्द्र वनवास आउँदा एकरात बसेको रामधुनी धार्मिक तीर्थ स्थलमा आउने भक्तालूहरुलाई थप समस्या हुने देखिएको छ । यो बेला बराहक्षेत्रमा लागिरहेको कात्तिके मेलामा आउने भक्तालूहरुलाईसमेत समस्या पर्दै गएको छ । निकट भविश्यमै लाग्ने बालाचर्तुदशी मेलालाईसमेत असर पर्ने देखिन्छ । इटहरीबाट अर्जुन दाहालको सहयोगमा/फोटो पनि