paisa

भोजपुर/जिल्ला अदालत भोजपुरले हालसम्म तीन लाख ८१ हजार ३ सय २५ रुपैयाँ जरिवाना असुल गरेको बताएको छ । कूल चार करोड ६९ लाख ३१ हजार १ सय ७२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने लगत रहेकोमा चार करोड ६५ लाख ४९ हजार ८ सय ४८ रुपैयाँ बाँकी रहेको अदालतले जनाएको छ ।

अदालतले यस आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म दुनियावादी देवानी प्रकृतिको ४९ मुद्दाको लगत रहेकोमा १० फछ्र्यौट भइसकेको र ३९ वटा बाँकी रहेको जनाएको छ ।यसैगरी, दुनियावादी फौजदारी प्रकृतिका ३५ मुद्दा लगतमा रहेकोमा १३ वटा फछ्र्यौट भइसकेको र २२ वटा बाँकी रहेको, सरकारवादी फौजदारी प्रकृतिका ३८ वटाको लगत रहेकोमा १५ वटा फछ्र्योट भई १३ वटा बाँकी रहेको छ ।हालसम्म १२ वटा थुनुवा मुद्दा बाँकी रहेको जनाइएको छ ।

यसैगरी, बालबालिका पक्षका दुई मुद्दा फछ्र्योट भएको र महिला पक्षको २८ लगत रहेकोमा १२ फछ्र्योट भई १६ बाँकी रहेको कार्यालयले जनाएको छ ।यता मेलमिलापसम्बन्धी लगत आठ रहेकोमा तीनवटा फछ््र्योट भइसकेको र पाँचवटा बाँकी रहेको जनाएको छ । यसैगरी, पाँच लगत रहेको पैmसला कार्यान्वयनतर्पmको निवेदनमा एकवटा फछ््र्योट भएर चारवटा बाँकी रहेको हो ।

कार्यालयले कैद जरिवानातर्पm एक हजार ४१ वर्ष १० महिना १८ दिनको लगत रहेकोमा छ हजार २ सय ३ वर्ष दुई महिनाको फछ््र्योट भइसकेको जनाएको छ । कार्यालयले एक सय ५६ कैद माग लागेका, एक सय ३९ जरिवाना माग लागेका साथै जरिवाना र कैद दुवै लागेका ७८ सहित ३ सय ७३ व्यक्तिबाट कैद जरिवाना असुल गरेको छ ।यसैबीच, जिल्ला अदालतले अभिलेखमा रहेका सबै मिसिललाई सफ्टवेयरमा राख्न थालेको छ ।