
धरान / राइस कुकरमा खाना पकाउने क्रममा ‘इलेक्ट्रिक सर्ट’ भई आगलागी हुँदा धरान-१७ को एक घर जलेर नष्ट भएको छ ।
धरान-१७ सरस्वती चोक जाने बाटोमा पर्ने सहदेव बराइलीको काठ र बासले बारेको भुई घर जलेर पूर्ण रुपमा नष्ट भएको हो । क्षतिको विवरण आइसकेको छैन् । धरान उपमहानगरपालिकाको बारुण यन्त्र, स्थानीयबासी र प्रहरीको सहयोगमा अन्य घरमा आगो लाग्नबाट बचाइएको स्थानीय मनोज भट्टराईले बताए । घरमा रहेको लत्ताकपडालगायत केही निकाल्नसमेत नपाएको उनले जानकारी दिए । स्थानीयवासीले करिव ५ देखि १० लाख रुपैया बराबरको धनमाल नष्ट भएको हुन सक्ने बताए ।