विजयपुर/भारतमा पाँच सय र एक हजार दरको नोटमा प्रतिबन्ध लगाएसँगै नेपालमा नेपाली नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय भएको पाइएको छ । सुनसरीको भरौलका स्थानीयले गिरोहका एक सदस्यलाई घेरा हालेरै पक्राउ गरी प्रहरीमा बुझाएका छन् ।

karobar

प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट ख ७२३०१०७८ र ख ३१४४१३०८ नम्बरको एक हजार दरका दुईवटा नक्कली नोट बरामद गरेको छ ।गाउँलेले सुनसरीको हरिनगरा–३ बस्ने २२ वर्षीय पशुपति महतोलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । महतोसँगै रहेका अन्य दुईजना फरार भएका छन् । महतोलाई चक्रघट्टी इलाका प्रहरी कार्यालयले कारबाही अगाडि बढाएको छ । पक्राउ परेका महतोलाई म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर अनील पौडेलले बताए ।महतोसहित तीनजनाको समूहले भरौल–२ स्थित पुलाहाका कुमार खड्काको पसलमा चाउचाउ किनेर नक्कली नोट दिएर भागेपछि स्थानीयले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले उनीहरु चढेर आएको को. २४ प ७७४५ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल पनि नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । स्थानीय दिवान राईका अनुसार पक्राउ परेका पशुपति महतोको साथमा ९ हजार ९ सय ८० रुपैयाँ पनि फेला परेको थियो ।

उनका अनुसार यो गिरोहले कुमार खड्काको पसलमा चाउचाउ किन्नुअगाडि स्थानीय बजारमा रिचार्ज कार्ड किन्दै हिँडेको थियो । राईले ब्लाष्टसँग भने, ‘चतरामा पनि यो समूहले नक्कली नोटहरु साटेर हिँडेको अहिले सुन्नमा आएको छ ।’चक्रघट्टी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर अनील पौडेलका अनुसार पक्राउ परेका महतोले अन्य दुई व्यक्तिलाई आपूmले नचिनेको बयान दिएका छन् । तर महतो पक्राउ परेको ठाउँमा एउटै मोटरसाइकलमा तीनजना आएर चाउचाउ तथा रिचार्ज कार्ड किनेका थिए । महतोको यो बयानले गिरोहका सदस्यहरुलाई बचाउन भूmटो बयान दिएको प्रष्ट हुन्छ । एक प्रहरी अधिकृतले भने, ‘हामी थप अनुसन्धान गर्दैैछौं ।’गिरोहले सुनसरीको बराहक्षेत्रमा लागेको कार्तिके मेलामा नक्कली नोटहरु साटेर हिँडेको अनुमान गरिएको छ । तर प्रहरीले भने त्यसतर्पm अनुसन्धान गरेको छैन । गिरोहका सदस्यहरुले नक्कली नोटहरु लिएर गाउँ, भित्री शहर तथा मेलाहरुमा साट्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

नक्कली नोटको कारोबार गर्ने गिरोहका मुख्य नाइके भारत चम्पारण जिल्लाको घोडासाहन, नुनौरा घर भएका अमित शाह भएको स्रोतले जनाएको छ । शाहसँग जिल्ला प्रशासन कार्यालयबाट लिएको नक्कली नागरिकता समेत भएको स्रोतको भनाइ छ । शाह नेपाल प्रहरीको फरार अभियुक्त समेत भएको बताइन्छ । महतोसँग आएका अन्य दुईजना भारतीय नागरिक भएको स्थानीय दिवान राईले बताए । फरार भएकाहरु भारतीय नागरिक भएको सबैले अनुमान गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतका अनुसार नक्कली नोट छाप्ने मेसिन पनि गिरोहले नेपालमै ल्याएको सूचनाका आधारमा अहिले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

नसरीमा पक्राउ परेका व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेकाले ‘तत्काल केही भन्न नमिल्ने’ उनले बताए । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले यस विषयमा अनुसन्धान भइरहेको बताए । ‘यो विषयमा हामी इन्डियन प्रहरीसँग पनि सहयोग लिन खोजीरहेका छौं, गिरोहको अनुसन्धान गहन ढङ्गले अगाडि बढिरहेको छ’, पोखरेलले भने । प्रहरीले सुनसरीका बराहक्षेत्र, चतरा, प्रकाशपुर लगायतका ठाउँमा यस विषयमा अनुसन्धान टोली खटाएको एसपी पोखरेलले बताए । पक्राउ परेका महतोलाई खोटा ऐन अनुसार मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ ।