-
Home
-
पूर्व
-
बन्द गराउँदै हिँड्ने ११ जना पक्राउ
बन्द गराउँदै हिँड्ने ११ जना पक्राउ
- कार्तिक २८, २०७३
- ब्लाष्ट खबर
उर्लाबारी (मोरङ)/यहाँ बन्द गराउँदै हिँड्ने नेकपा(माओवादीका ११ जना पक्राउ परेका छन् ।
बजार, पसल तथा सवारी साधन बन्द गर्दै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार तिनलाई बन्द गर्दै हिँडिरहेको अवस्थामा आज बिहान र दुई जनालाई राँके जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा शनिबार साँझ पक्राउ गरिएको हो ।
पक्राउ परेका सबै जनालाई वडा प्रहरी कार्यालय विराटनगरको हिरासतमा राखिएको छ । पार्टीका विराटनगर इन्चार्ज गणेश निरौला लगायत १३ जनालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । बन्दका कारण सदरमुकाम विराटनगरसहित मोरङको जनजीवन पूर्ण रुपमा प्रभावित बनेको छ । रासस