पोखरा/नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको आजदेखि सुरु हुने महाधिवेशनको प्रचारप्रसार एवम् सफलताको लागि आज पोखरामा मोटरसाइकल ¥याली गरिएको छ ।
![dxflwj]zg k|rf/ g]kfnL sfFu|];sf] eft[ ;ªu7g g]kfn t?0f bnsf] zlgaf/b]lv ;'? x'g] dxflwj]zgsf] k|rf/k|;f/ Pjd ;kmntfsf] nflu kf]v/fsf] k[YjLrf]saf6 df]6/;fOsn ¥ofnL ul/Fb} . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;](http://blastkhabar.com/wp-content/uploads/2016/11/tarun-dal-1024x683.jpg)
पोखराको पृथ्वीचोकबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पार्टी सभापतिसहित वरिष्ठ नेता आउने भएपछि बिहान ८.०० बजेदेखि नै पोखरा विमानस्थलमा पार्टीका कार्यकर्ताको भीड लागेको छ ।
महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि हिजो साँझ नै पोखरा आइसकेको तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिए ।
महाधिवेशनमा लगभग एक हजार ४०० प्रतिनिधि सहभागी हुने र उद्घाटन सत्रमा १० हजार कार्यकर्ताको उपस्थिति रहने काफ्लेले बताए ।