धरान/किरात प्रदेश लविङ गर्नको लागि नयाँ शक्ति पार्टी अन्तर्गत किरात राष्ट्रिय परिषद् नेपालको घोषणा सभा हुँदै छ ।
[caption id="attachment_19083" align="alignnone" width="670"]

तस्बिर: भाेजराज श्रेष्ठ[/caption]
कात्तिक २९ गते धरानमै घोषणा गर्ने कार्यक्रम तय भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । परिषद् घोषणा सभामा ६१ सदस्यी नयाँ कार्य समिति गठन गरिने भएको छ । संविधान संसोधनको प्रक्रियामा रहेका बेला एक नम्बर प्रदेशलाई किरात प्रदेशको लागि परिषद्ले लविङ गर्ने घोषणा सभा संयोजक इन्द्रहाङ किरातीले बताए ।
घोषणा सभाका लागि पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं राष्ट्रिय मामिला प्रमुख परशुराम तामाङ, एक नम्बर प्रदेश संयोजक पासाङ शेर्पालगायतको नेताहरु उपस्थित हुने कार्यक्रम छ ।
घोषणा सभामा देशभरका ३ सय प्रतिनिधिहरुको उपस्थिति रहने बताइएको छ । सदन उच्चमाविको सभाहलमा हुन लागेको सभाले नयाँ समिति गठन गर्दै उक्त समितिले परिषद्को नयाँ एजेण्डा तयार गर्ने बताइएको छ । रामेछाप, सप्तरी, सिराहाको केही भागलाई समेटेमा किरात प्रदेशको ‘क्लष्टर’ नबिग्रिने तर्क परिषद्ले अघि सारेको छ ।