इनरुवा / स्थानीय तह पुर्नसंरचना समिति सुनसरीले चाँदवेला गाविसलाई इनरुवा नगरपालिकामा गाभेको प्रति असन्तुष्टि जनाउँदै आन्दोलित भएका छन् ।
चाँदवेला गाविसका स्थानीय दलका प्रतिनीधिहरुले संयुक्त संर्घष समिति बनाएर आन्दोलन गर्ने तयारी गरेका छन् । संयुक्त विरोध कार्यक्रम नाम दिई आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमालेका क्षेत्र नम्वर ३ का संयोजक भद्रनारायण चौधरीले भूगोल र संस्कृति नमिल्ने इनरुवामा चाँदवेला गाभिनु आफुहरुको पहिचान गुमाउने षडयन्त्र भएको आरोप लगाए ।
कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले स्थानीय तहमा छलफल नै नगरी जिल्ला तहका नेताहरुले स्वार्थसिद्धीका लागि गरेको उक्त निर्णय आफुहरुकालागि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताए ।
सुनसरी प्रशासन र जिल्ला विकास समिति सुनसरीमा निर्णय बदल्नको लागि ज्ञापन पत्र बुझाउने देखी जिल्ला तहका नेताका घर घेर्ने सम्मका दबाब मूलक आन्दोलनका कार्यक्रम संचालनमा ल्याउने संर्घष समितिले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।