IMG_20161105_131820भद्रपुर/ भद्रपुर नगर क्षेत्रका व्यक्तिहरुले विभिन्न पार्टी परित्याग गरी ३ सय ८ जना राप्रपा नेपालमा प्रवेश गरेका छन् । राप्रपा नेपाल नगर समिति भद्रपुरले शनिवार आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका हुन् ।

नेपाली काग्रेसका सक्रिय सदस्य तथा अधिवत्ता मोहन सुब्बा, एमालेका सक्रिय सदस्यहरु टीका रेग्मी, रमेश अधिकारी, अमित शर्मा, राजु सिजापती, सञ्जय श्रेष्ठ लगायत रहेका छन् । सदस्यता लिएका कार्यकर्ताहरुलाई राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्गदेनले अविर तथा खादा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री लिङ्गदेनले देश र धर्मको पक्षमा सधै लड्ने राप्रपा नेपाल एक मात्र पार्टी भएको र यो पाटीमा प्रवेश गरेर पाटीको अभियान सफल बनाउन सहयोग पु¥याउन सवै नवआगन्तुक कार्यकर्तालाई धन्यावाद सहित अनुरोध गरेका थिए । राप्रपा नेपाल सानो पाटी भएपनि १९ बर्षदेखि स्थानीय निकायको चुनाव हुन नसकेकोले स्थानीय निकाय चुनाव गराउन पाटी लागि परेको महामन्त्रीले लिङ्गदेनले बताए ।

अख्तियार प्रमुख लोकमान सिं कार्कीको प्रसङ्गमा नेपाली काग्रेस, एमाले र माओवादीले जनातको विरोधका बामजुद कार्कीलाई अख्तियार प्रमुखमा नियुत्त गराउने र अहिले आएर ती पाटीले नै वर्खास्त गराउन महाअभियोग प्रस्ताव सांसदमा पेश गराउने घटना लज्जास्पद भएको बताए । कार्कीलाई हटाउनु भन्दा पनि ती पाटीमा आवद्ध कार्यकर्ता बचाउने खेल भइरहेकोले यस्तो खेलको बारेमा देशका जनताले बुझिसकेको उनले बताए ।

राप्रपा नेपाल नगर समितिका अध्यक्ष बाबुराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक महामन्त्री राम थापा, केन्द्रिय सदस्य देवीरमण भट्टराई, मोहन सुब्बा, टीका रेग्मी लगायतले बोलेका थिए ।कार्यक्रममा भत्ति सिटौला, रोहित राजवंशी, विश्वनाथ श्रेष्ठ, राधा कार्की लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य अभिषेश ढुंगानाले गरेका थिए ।