upenfraधरान /संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले बर्तमान सरकार सँगको आफुहरुको बिश्वास गुमिसकेको बताएका छन् । उनले बर्तमान सरकारका प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ धोकेवाज भएको समते आरोप लागएका छन् ।सरकारले संविधान संशोधनमा आलटाल गरेर त्यत्तिकै समय गुजारिरहेको समेत आरोेप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो प्राथमिकता मधेसी मोर्चाको माग सम्बोधन गरेर तत्काल संविधान संशोधन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचनका लागि जुट्न बताइरहेको बेला यादवले यस्तो आरोप लगाएका हुन् ।

विराटनगर बिमानस्थलमा संञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले संबिधान संशोधन गर्न ७ पटक सम्म समय तोकीसक्दा समेत प्रमुखदलहरु गम्भीर नभएको भन्दै प्रचण्डले जे भनिरहेपनि त्यसप्रति आफूहरुप्रति विस्वास नरहेको बताए । सरकारले छठ लगतै संबिधान संशोधन गरेर मधेशको निकास खोज्ने तर्फ आफुहरु बिस्वस्त हुन नसकेको समेत उनले बताए । अहिले मधेश केन्द्रीत दल सरकारको रवैया अध्ययन गरीरहेको र छठ पछि पहलकदमी नलिए जनता फेरि चुप लागेर नबस्ने उनले चेतावनी दिए ।

संञ्चारकर्मीहरुको अर्काे प्रश्नमा उनले संबिधान संशोधन गर्ने बारेमा पहल नै नगरी स्थानीय निकाय पुनःसंरचना र स्थानीय निकाय निर्वाचनको कुनै तुक नरहेको तर्क गर्दै यादवले स्थानीय निकाय पुन संरचना सरकारको नाटक मात्र रहेको बताए ।

आजमात्रै प्रम प्रचण्डले सरकार संविधान संसोधन र स्थानीय निकायको चुनावको घोषणाको तयारीमा लागेको बताएका थिए । बालुवाटारमा माओवादी केन्द्र निकट विद्यार्थी नेताहरुसँगको भेटमा प्रचण्डले यसका लागि दलहरुवीच सहमतिको प्रयास भैरहेको दाबी गर्दै भनेका थिए, ‘ संविधान संसोधन अहिलेको पहिलो कार्यसूचि हो । यसका लागि असन्तुष्ट दलहरुसँगमात्र होइन, प्रतिपक्ष एमालेसँग पनि संवाद भैरहेको छ । हिजो मात्र एमाले अध्यक्षसँग मेरो कुरा भएको छ । सकरात्मक तरिकाले संवाद अगाढि बढेको छ । चाडै नै संविधान संसोधनको प्रक्रिया अगाडि बढछ ।’ यता मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले मधेशी मोर्चाले उठाएको मागका बिषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतीको वातावरण बन्न नसकेको बताएका छन् ।

शनिवार बिराटनगर बिमानस्थलमै संञ्चारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष गच्छादारले सिमाङकन देखि मधेशी मोर्चाले उठाएका बिषयहरुका बारेमा छलफल भएपनि ठोस प्रस्ताव आउन नसक्दा सहमतीको वातावरण बन्न नसकेको बताएका हुन् ।